Madhes Khabar
राजनीति

पर्सा–१ का सांसद पन्तको माग : नयाँ बजेटमा नारायणी अस्पताल र नारायणी रंगशालालाई प्राथमिकतामा राखिओस्

काठमाडौं,१२जेठःपर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य(सांसद) हरि पन्तले आगामी बजेटमा वीरगन्जस्थित नारायणी रंगशाला र नारायणी अस्पताललाई प्राथमिकतामा राख्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपाका सांसद पन्तले समग्र मुलुककै झन्डै आधा राजस्वको भार थेग्ने वीरगन्ज शहर अघिल्ला सरकारहरूबाट सधैं उपेक्षामा पर्दै आएको बताए ।वीरगन्जले सधैं राज्यलाई राजस्व र कर दिन मात्रै अगाडि रहेको स्मरण गराउँदै सांसद पन्तले तर राज्यबाट विकास निर्माणका बजेट पाउन सधैं पछाडि पारिएको बताए ।

उनले भने, ‘सभामुख महोदय यसपालीको बजेटमा दशरथ रंगशाला पछिकै ठूलो वीरगन्जको नारायणी रंगशाला र वीर अस्पतालभन्दा केही वर्ष मात्रै कान्छो नारायणी अस्पताललाई प्राथमिकता दिइयोस् ।’
सांसद पन्तले वीरगन्जस्थित सानोपाइला सहकारीका बचतकर्ताहरूको रकम फिर्ता प्रक्रिया यथाशीघ्र सुरु गर्न पनि सरकारसँग माग गरे ।

गण्डकदेखि वीरगन्ज भन्सारसम्मको करिब ५ किलोमिटर सडक खण्डको दुवै तिर सयौं बर्ष अघि बसेको मुख्य बजारका करिब १ हजार २०० घरहरू डेढ महिना अघि छोटो सूचना र बिना योजना डोजर लगाएर भत्काइँदा त्यहाँ धेरै अन्योलता सिर्जना भएको भन्दै उनले त्यसको समाधान यथाशीघ्र गर्न सरकारसँग माग गरे ।

सांसद पन्तले मेनरोडका सयौं मानिसहरू घरबारविहीन भएको भन्दै उनले वीरगन्जको घटनालाई बागमती किनारको बस्तीको नजरले हेर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण समेत गराए ।

Related posts

प्रदीप यादव खानेपानी मन्त्री बन्दै

MadhesKhabar

काँग्रेसले आफ्नो चुनावी घोषणापत्र आगामी आईतबार सार्वजनिक गर्दै

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डले दोश्रो पटक पनि पाए विश्वासको मत

MadhesKhabar

Leave a Comment