Madhes Khabar
राजनीति हेडलाइन

काँग्रेसले आफ्नो चुनावी घोषणापत्र आगामी आईतबार सार्वजनिक गर्दै

वीरगंज १,फागुन :नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।कांग्रेसले पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको छ । प्रवक्ता चालिसेले प्रतिज्ञा पत्र सार्वजनिकका लागि आइतबार पत्रकार सम्मेलन आयोजना गरिने बताए ।

उनका अनुसार प्रतिज्ञा पत्र सार्वजनिकका लागि कांग्रेसले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै छ ।

Related posts

लालबाबु नेतृत्वको प्रदेश सरकारले वीरगन्ज विकास प्राधिकरणको नाममा २५ करोड अनियमितता गरेको पटेलकाे आराेप

MadhesKhabar

वीरगन्जमा अझ धेरै भारतीय पर्यटक भित्रयाउने लक्ष्यका साथ कामहरु भइरहेको छ : मेयर सिंह

MadhesKhabar

जातिय विभेद गर्नेहरु अपराधी हुन् : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment