Madhes Khabar
राजनीति

प्रधानमन्त्री बालेनले श्रममन्त्री साहलाई हटाए

काठमाडौं,२६चैतः प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई हटाएका छन् । रास्वपाको केन्द्रीय अनुशासन आयोग र पार्टी सभापति रवि लामिछानेको सिफारिसपछि प्रधानमन्त्री शाहले मन्त्री साहलाई हटाएका हुन् ।

पार्टी आचारसंहिता र अनुशासनविपरीत काम गरेको पाइएपछि रास्वपाले मन्त्री साहलाई हटाउन सिफारिस गरेको हो । त्यसपछि मन्त्री साहलाई हटाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रास्वपाको केन्द्रीय अनुशासन आयोगले मन्त्री साहले पार्टी अनुशासन र आचारसंहिताविपरीत श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा मनोनयन गरेको भन्दै सभापति लामिछानेसमक्ष कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई सिफारिस गरेका हुन् ।

 

Related posts

विभिन्न वडाका दुई दर्जन युवाहरु जनमत पार्टीमा प्रवेश ,नेता सरार्फद्वारा स्वागत

MadhesKhabar

बालेन शाहले प्रधानमन्त्रीको शपथ चैत १३ गते लिने तय

MadhesKhabar

महानगरको ग्रामीण वडामा पनि जसपा र काँग्रेसले संगसंगै भोट माग्दै

MadhesKhabar

Leave a Comment