Madhes Khabar
राजनीति

पाेखरियामा नेविसंघको नगर समिति गठन

मधेसखबर
वीरगन्ज ,३०पुस : पर्साकाे पाेखरिया नगरपालिकामा नेपाल विद्यार्थी संघकाे नगर समिति गठन गरिएको छ ।

शनिबार पाेखरिया नगरपालिका ५ स्थित नेपाली काँग्रेसकाे सम्पर्क कार्यालयमा सम्पन्न भेलाले जय प्रकाश ठाकुरकाे अध्यक्षतामा १३ सदस्यीय नगर कार्य समिति गठन गरेकाे हाे । जसकाे वरिष्ठ उपाध्यक्षमा विकास यादव, उपाध्यक्षमा रुपेश चाैहान, वरिष्ठ सचिवमा मनाेहर साह, सचिवमा दिलिप राैनियार, सहसचिवमा दिनेश मण्डल र राकेश मिश्रा र काेषाध्यक्षमा रिना दास रहेका छन् । यस्तै सदस्यहरुमा दिनेश पासवान, पन्नालाल महताे, परबेज आलम र सुरेज पटेल रहेका छन् ।

नेविसंघका जिल्ला अध्यक्ष रमेश यादवकाे अध्यक्षता एंव पाेखरिया नगरपालिकाका पुर्व मेयर दिपनारायण राैनियारकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला समन्वय समितिका पुर्व सदस्य रिजवान अन्सारी, मधेस प्रदेश सदस्य राजु गिरि, काँग्रेसका क्षेत्रीय सचिव सुरेन्द्र सिंह, नेविसंघका जिल्ला सचिव फिराेज अन्सारी , वीरगन्ज महानगर अध्यक्ष धिरज साह , पुर्व उपसभापति साबिर हुसेन, सुधान्शु चाैरसिया, बिट्टु पटेल लगायतको सहभागीता थियाे ।

Related posts

राप्रपा नेता रवीन्द्र मिश्रको सुझाव : राष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई अघि सारौं

MadhesKhabar

मधेसमा एमालेले मलकाे कारखाना खाेल्छ : वरिष्ठ उपाध्यक्ष पाेखरेल

MadhesKhabar

जसपा मधेसको मात्र नभई देशकै शक्तिशाली पार्टी बन्छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment