
वीरगन्ज,१२ जेठ : वीरगन्जबाट एक हप्ता अघि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सोमबार रिहा भएका छन् ।
पर्सा जिल्ला अदालतको आदेशमा प्रसाईँलाई सोमबार रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको उनले बताए ।
वीरगन्जमा हुने कार्यक्रममा सहभागी हुनका लागि वीरगन्ज आएका बेला प्रसाईंलाई गत सोमबार बेलुकी सिद्धार्थ दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो । प्रसाईंविरुद्ध गत मंगलबार विधुतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्य विरुद्धको कसूरमा मुद्धा भलाएर प्रहरी हिरासतमा राखेको थियो ।
राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा उनका समर्थकहरुले वीरगन्जमा पटक पटक प्रदर्शनसमेत गरेका थिए । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीत धकेलाधकेलसमेत भएको थियो ।

