Madhes Khabar
राजनीति

सदस्यता अद्यावधिक नगरे जिल्ला सभापतिकै जिम्मेवारी खोस्छौँ : गगन थापा

काठमाडौं, ६ जेठः नेपाली कांग्रेसका सभापति गगन थापाले क्रियाशील सदस्यता अद्यावधिक नगरे जिल्ला सभापतिकै जिम्मेवारी खोस्ने चेतावनी दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा महोत्तरीको बर्दिबासमा आयोजित प्रदेश तथा स्थानीय तह स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘सबै कुरामा छलफल गर्छु । मिलाएर जान्छु । पार्टीको सदस्यतालाई बलियो बनाउने र अद्यावधिक गर्ने कुरामा कम्प्रोमाइज हुँदैन । वडा, जिल्ला, क्षेत्र, नगरको सभापतिले म यो काम गर्दिनँ भन्नुभयो भने जिम्मेवारी खोसिन्छ । जिल्ला सभापति छु क्रियाशील सदस्यतामा केही गर्दिनँ भन्ने कोही भयो भने उसको काम र अधिकार खोसेर अर्को साथीलाई दिन्छु,’ थापाले चेतावनी दिँदै भने, ‘क्षेत्रीय सभापतिले फर्म दायाँबायाँ गरे पनि त्यही हुन्छ । यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । कसैले खेलाची नगर्नुस् ।’

तर पार्टीलाई मिलाएर लिएर जाने कुरामा आफू उदार रहेको उनको भनाइ छ । ‘पार्टीका नेतालाई मिलाउन अप्ठ्यारो छैन । छुट्नुभएका नेता हाम्रै नेता हो । छलफल गर्छौं, बस्छौँ । १५ औँ महाधिवेशनमा जान्छौँ । प्रतिस्पर्धा गर्छौं’ थापाले भने ।

Related posts

गृह तथा कानुन मन्त्री बने ओमप्रकाश अर्याल

MadhesKhabar

कांग्रेसको सदस्यता लिइसकेपछि रुख चुनाव चिह्न बाहेक अन्त भाेट हाल्न पाइँदैन : गगन थापा

MadhesKhabar

पर्सा–४ मा उम्मेदवार रिजालको समर्थनमा नेपाली काङ्ग्रेसका युवाहरुको बैठक सम्पन्न

MadhesKhabar

Leave a Comment