Madhes Khabar
राजनीति

संसदमा अर्थमन्त्री वाग्लेको अहंकार, विपक्षीलाई भने :आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउन अर्को चुनाव कुर्नू पर्छ

काठमाडौं,५जेठःअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दलहरूले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले अहंकारपूर्ण भाषा प्रयोग गरेका हुन्।

अर्थमन्त्री वाग्लेले निर्वाचनमा जनताले अनुमोदन गरिदिएका राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रलाई नै आधार बनाएर सरकारले आफ्नो नीति तथा कार्यक्रम, विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याएको उल्लेख गर्दै त्यसलाई विपक्ष दलहरूले आफ्नो अनुकूल बनाउन अर्को निर्वाचन कुर्नुपर्ने बताए।उनले सरकार जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सारअनुसार अघि बढिरहेको जिकिर गरे।

उनले भने, ‘जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार, यहाँ जे प्रस्तुत गरिएको हो, त्यो नै हो। किनकि हामीले निर्वाचन लड्नुभन्दा अगाडि रुपान्तरणका सय आधारहरू भनेर वाचापत्रमा उल्लेख गरेका थियौँ। त्यसैलाई नै जनताले अनुमोदित गरेको भन्ने कुरा मान्ने हो भने यसैमा टेकेर आएका एक सय वटा शासकीय सुधारका मार्गचित्र हाम्रो नीति तथा कार्यक्रम अहिलेको यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हो। अब आफ्नै भाषा, आफ्नै दस्तावेज अनुमोदित गराउनका लागि अर्को चुनाव कुर्नुपर्ला।’

 

Related posts

सरकार परिवर्तन भएपनि स्वास्थ्यमन्त्री फेरि आँफै हुने यादवको दाबी

MadhesKhabar

लोकतन्त्र र संविधानको पहरेदार काँग्रेसलाई मत दिन रिजालको आग्रह

MadhesKhabar

कांग्रेस,एमाले छाड्दै जसपामा प्रवेश गरेकाहरुलाई वीरगन्जका मेयर सिंहले गरे पार्टीमा स्वागत

MadhesKhabar

Leave a Comment