Madhes Khabar
राजनीति

सरकार परिवर्तन भएपनि स्वास्थ्यमन्त्री फेरि आँफै हुने यादवको दाबी

काठमाडौं,१७असारःसंघीय सरकारको समिकरण फेरबदलका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच सघन गृहकार्य चलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सरकार परिवर्तन भएपनि आफ्नो पद कायम रहने दाबी गरेका छन् ।सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जसपाका उपमहासचिवसमे रहेका मन्त्री यादवले सरकार परिवर्तन भएपनि स्वास्थ्यमन्त्रीमा आँफु नै कायम रहने दाबी गरेका हुन् ।

केहिदिन यता गठबन्धन परिवर्तन गरेर नयाँ सत्तासमिकरण बनाउनका लागि कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली बिच भेटवार्ता भइरहेको चर्चाले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको डेढ महिनापछि मन्त्री यादवले सोमबार पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा सरकार परिवर्तन हुने हल्ला चलिरहेको छ, त्यसको संकेत पाएर यो छलफल कार्यक्रम त राखिएको हैन ? भनेर पत्रकारहरुले मन्त्री यादवलाई प्रश्न गरेका थिए ।

यसको जवाफमा मन्त्री यादवले अब हुने राजनीतिक तरंगले आफूलाई कुनै फरक नपार्ने र स्वास्थ्य मन्त्रीमा यथावत रहने संकेत गरे। ‘राजनीतिक तरंगले मेरो लागि कुनै असर छैन’ मन्त्री यादवले भने, ‘चिन्ता गर्नु पर्दैन तपाईहरू पत्रकार यति संकेत गरेपछि कुरो बुझ्नुभयो होला।’ यादव बैशाख ३१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका थिए ।

Related posts

संघीयता विरोधी शक्तिहरू फेरि सल्बलाउन थाले : उपेन्द्र यादव

MadhesKhabar

नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो नेपाल बन्दको कार्यक्रम

MadhesKhabar

अजय चौरसियको पहलमा जसपाका प्रभावशाली नेताहरु काँग्रेसमा प्रवेश

MadhesKhabar

Leave a Comment