वीरगन्ज,१ जेठ : पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ४ डकैला बहुअरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत एक सय जना बालबालिकाहरुलाई स्कूल ब्याग वितरण गरिएको छ ।
बहुदरमाई नगरपालिकाका नेपाली कांग्रेसका युवा नेता राकेश यादवको पहलमा साल्ट ट्रेडिङ कर्पोरेशन काठमाडौँले उपलब्ध गराएको स्कूल ब्याग बालबालिकाहरूलाई वितरण गरिएको हो ।
शुक्रबार विद्यालयमै आयोजित कार्यक्रममा कांग्रेस युवा नेता यादवले बालविकास कक्षाका बालबालिकाहरुलाई स्कूल ब्याग प्रदान गरे । त्यसअवसरमा यादवले यसप्रकारको सहयोगले सामान्य आर्थिक अवस्था भएका परिवारका बालबालिकाहरूलाई विद्यालय जान प्रेरित गर्ने बताए । साल्ट ट्रेडिङ कर्पोरेसनको सहयोग सह्रानीय रहेको पनि उनले बताए । विगतका वर्षहरूमा पनि विभिन्न संघसंस्था, व्यवसायी तथा दाताहरूसँग समन्वय गरी सामुदायिक विद्यालयका बालबालिकालाई स्कूल ब्याग, कापी, किताब, स्टेसनरी लगायतका शैक्षिक सामग्री वितरण गर्दै आएको उनले बताए ।
विद्यालयका प्रधानाध्यापक अजय कुमार यादवको अध्यक्षता तथा युवा नेता यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ३ का धिरेन्द्र साह,वडा नम्बर.२ का परमात्मा साह, विद्यालयका शिक्षक शिक्षिका लगायतकाकोपनि उपस्थिती रहेको थियो।

