वीरगन्ज,३१वैशाख: मेस प्रदेशका साना तथा मझौला उद्यम (एस.एम.ई.) लाई डिजिटल माध्यममार्फत व्यवसाय प्रवर्द्धन तथा बजार पहुँच विस्तार गर्ने उद्देश्यले “SME Empowerment on Digital Business Services – Madhesh Province” कार्यक्रम अन्तर्गत पहिलो सत्र सफलतापूर्वक सम्पन्न भएको छ।
वीरगन्जको होटल हिमालमा आयोजित उक्त कार्यक्रमको मुख्य विषय “Brand’s Digital Presence Orientation” रहेको थियो। कार्यक्रममा सहभागी उद्यमीहरूलाई व्यवसायको डिजिटल उपस्थिति, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, डिजिटल ब्रान्डिङ तथा अनलाइन बजार विस्तार सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा मधेस प्रदेशका विभिन्न क्षेत्रसँग सम्बन्धित २० कम्पनीबाट ३० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीय उद्यमी, स्टार्टअप प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
उक्त कार्यक्रमको डिजिटल पार्टनर का रूपमा Octa Tribe Pvt. Ltd., इभेन्ट पार्टनर का रूपमा Next Gen Events Pvt. Ltd. रहेकाे थियाे।

