Madhes Khabar
राजनीति

देशमा प्रधानमन्त्री छैनन्, भए त संसदमा आउनु पर्ने हो : हर्क साम्पाङ

काठमाडौं,३० वैशाख : श्रम सँस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने आजको प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह अनुपस्थित भएपछि संसद वहिष्कार गर्दै बाहिरिएका साम्पाङले भने, ‘प्रधानमन्त्री भए त संसदमा आउनु पर्ने हो । अर्थमन्त्रीले नभई प्रधानमन्त्रीले नै सरकारको नीति तथा कार्यक्रमका विषयमा संसदमा जवाफ दिनु पर्ने बताउँदै साम्पाङले भने, ‘हाम्रो र जनताको धेरै प्रश्नहरु छन् ।’

उनले सरकारले मनलाग्दी रुपमा संसद चलाइरहेको समेत आरोप लगाए । उनले सांसदलाई ठेलीका ठेली किताव दिएर पढेर आउनु भने जसरी सरकारले संसद चलाइरहेको बताए । उनले नीति तथा कार्यक्रममा पनि पर्याप्त समय नदिएको र अहिले संसदमा प्रस्तुत गर्नुपर्ने प्रधानमन्त्री नै अनुपस्थित भएको बताए । उनले सरकारको नीति तथा कार्यक्रम सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएपछि प्रधानमन्त्रीको राजीनामा माग्दै नारावाजी समेत गरेका थिए ।

Related posts

प्रचण्ड–माधवको पार्टी नेकपाका तर्फबाट पर्साका चार वटै क्षेत्रका यी हुन् उम्मेदवार

MadhesKhabar

भारतबाट १ सय बढिको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम हटाउन सांसद यादवको माग

MadhesKhabar

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएकाे खुशीयालीमा वीरगन्जमा दीप प्रज्वलन

MadhesKhabar

Leave a Comment