Madhes Khabar
समाचार

बालेन सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू

काठमाडौं,२३ वैशाखः सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ।सरकारको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार निजामती कर्मचारीका ८ र स्वास्थ्यकर्मीका ४ वटा ट्रेड युनियनहरू खारेज गरेको जानकारी दिएको हो।

सरकारले नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन खारेज गरेको हो।

सरकारले नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन पनि खारेज गरेको छ।

Related posts

पर्साको पदमौल गम्हरियामा प्रहरीको छापा :१५ केजी गाँजासहित रफिक पक्राउ

MadhesKhabar

पर्सामा एक वर्षमा २२ जना हुण्डी कारोबारीबाट १ करोड ६५ लाख रुपैया बरामद

MadhesKhabar

भारतले रक्सौल नाका अचानक सिल गरेपछि नेपालीलाई सास्ती

MadhesKhabar

Leave a Comment