Madhes Khabar
राजनीति

पक्राउ पुर्जीपछि देउवाले भने : ‘मेरो परिवारका सम्पत्तिसम्बन्धी भ्रामक र झुटा प्रचारबाजी भयो’

फाइल फाेटाे

काठमाडौँ,२५चैत: पूर्वप्रधानमन्त्री तथा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको दाबी गरेका छन् ।

 

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकबाट उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । ‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाह पाएँ,’ उनले लेखेका छन्, ‘म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।’

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणाबिरुद्ध काठमाडौं जिल्ला अदालतले मंगलबार मात्रै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पुर्जी जारी गरेको छ । योसँगै देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ । देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन भइरहेको थियो । यही पृष्ठभूमिमा देउवाले आफ्नो भनाई सामाजिक संजालमार्फत सार्वजिनक गरेका हुन् । जसमा उनले आफू स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेको खुलाए पनि र देशको नाम खुलाइएका छैनन् ।

गृह स्रोतका अनुसार रेड नोटिस जारी गर्नकै लागि देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिन्छ । त्यसको पहिलो औपचारिक कदम पक्राउ पुर्जीबाट जारी सुरु हुन्छ ।

फेसबुकमा देउवाले आफू सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको समेत जनाएका छन् । देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि आफूले सिंगो जीवन संघर्षमै व्यथित गरेको भन्दै देउवाले आफ्नो जीवन एउटा खुला पुस्तकका रुपमा रहेको बताएका छन् ।

देउवाले वास्तविकता समयक्रमसँगै खुल्दै जाने उल्लेख गर्दै लेखेका छन्, ‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु । वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरञ्जना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।’

Related posts

वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादव काम गर्ने नेता हुन् ,यसपालि फेरि जिताउछौ

MadhesKhabar

लाखौं जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : लिङ्देन

MadhesKhabar

रहबर अन्सारीको उम्मेदवारीमा उठ्याे प्रश्न

MadhesKhabar

Leave a Comment