Madhes Khabar
मधेस प्रदेश

महोत्तरीमा मोटरसाइकल एकआपसमा ठोक्किएर आगलागी हुँदा जलेर ३ जना विद्यार्थीको मृत्यु

महोत्तरी,२४चैतःमहोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा मंगलबार दिउँसो दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर आगलागी हुँदा तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ ।

उक्त घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए ।

प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये कसैको नाम, थर, वतन खुलाएको छैन भने मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नम्बरप्लेट समेत नदेखिने अवस्थामा रहेको जनाइएको छ ।

विपरीत दिशाबाट आएका दुई ती मोटरसाइकल जलेश्वर बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका– ५ स्थित बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए ।

ठोक्किएर दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु एसइई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेको बताइएको छ ।घटनामा जलेर घाइते भएका तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Related posts

मधेसका शहीद परिवारलाई सरकारले मासिक १२ हजार रुपैया दिने

MadhesKhabar

काे बन्छ मधेसकाे मुख्यमन्त्री ?

MadhesKhabar

मधेसवादका प्रनेता गजेन्द्र नारायण सिंहको पुण्य तिथीमा श्रद्धान्जलीसभा र वृक्षारोपण

MadhesKhabar

Leave a Comment