Madhes Khabar
मधेस प्रदेश

मधेसका शहीद परिवारलाई सरकारले मासिक १२ हजार रुपैया दिने

मधेसखबर
वीरगन्ज,१६ असार : मधेस प्रदेश सरकारले मधेस आन्दोलन र माओवादी जनयुद्धका क्रममा शहीद भएकाहरुको परिवारलाई भरण पोषण बापत आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

शहीद परिवारको भरण पोषण बापत प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले मधेसी शहीद प्रतिष्ठान मार्फत शहीद परिवारलाई मासिक १२ हजार रुपैयाँका दरले आर्थिक सहयोग दिन लागेको हो ।

यस्तै शहीद परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि छात्रवृत्तिसमेत दिन लागिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । यसका लागि प्रदेश सरकारले यस वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

आवेदन परेअनुसार हिसाब गरेर रकम वितरण गर्ने महत्तोको भनाइ छ । तर कार्यविधिमा २१ हजार रुपैयाँसम्म दिने भनिएको छ । आवेदन अनुसार यो रकममा घटबढ हुन सक्ने उनले बताएका छन् । आवेदन शुक्रबार सम्म दिन पाइनेछ ।

शहीद परिवारको छोराछोरीलाई कक्षा १ देखि ६ सम्मलाई १६ हजार र कक्षा ७ देखि १२ सम्मलाई १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिन लागिएको सचिव महतोले बताए ।

प्रदेश सरकारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेस आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारमध्ये आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखेर भरणपोषणबापत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

Related posts

बारामा १२ वटा मोटरसाइकल सहित चोरको गिरोह नै पक्राउ

MadhesKhabar

सर्लाहीमा तस्करीको मल नियन्त्रणमा लिन गएकाे प्रहरी र स्थानीय बिच झडप

MadhesKhabar

मधेसमा सरकार बनाउन सिके राउतकाे पार्टी निर्णायक, माग्यो मुख्यमन्त्री

MadhesKhabar

Leave a Comment