Madhes Khabar
समाचार

सरकारी विज्ञापन छाप्ने निर्णय सच्याउन सरकारलाई पत्रकार महासंघको ३ दिने अल्टिमेटम

काठमाडौं,२०चैतः नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्नुपर्ने निर्णय सच्याउन सरकारलाई तीन दिने अल्टिमेटम दिएको छ ।

सरकारले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन÷प्रसारण गर्ने परिपत्र जारी गरेको विषयमा शुक्रबार काठमाडौँमा सरोकारवालासँग छलफल गर्दै महासंघले उक्त निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिने निर्णय गरेको हो ।

छलफलमा सहभागीहरूले सरकारको उक्त कदम विभेदकारी भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका थिए । छलफलमा पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णयले सञ्चारमाध्यमलाई समस्या पर्ने भएकाले सच्चाउन माग गरिन् । उनले यस विषयमा वार्तालाई पनि सँगसँगै अघि बढाउने बताइन् ।

सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाईसमेत जारी गरिएको परिपत्रको विरोधमा महासंघले सरोकारवालासँग छलफल गरेको थियो ।

Related posts

जेन‍जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये प्रदर्शनकारी २२ जना 

MadhesKhabar

बिपी जयन्तीको उपलक्ष्यमा कलैयामा वृक्षारोपण

MadhesKhabar

पर्सामा चट्याङ लागेर एक किसानको मृत्यु

MadhesKhabar

Leave a Comment