Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जका सरकारी कार्यालयका कर्मचारीलाई अर्थमन्त्रीको चेतावनी : राजस्व चुहावट भए कार्यालय प्रमुख नै जिम्मेवार हुन्छ

वीरगन्ज,२०चैतःसंघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुनै पनि कार्यालयमा राजस्व चुहावट भएको पाइए त्यसको जिम्मेवार सम्बन्धित कार्यालय प्रमुख नै हुने चेतावनी दिएका छन् । अर्थ मन्त्रालयमातहतका कार्यालय प्रमुखहरूलाई शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा निर्देशन दिने क्रममा उनले चेतावनी दिएका हुन् ।

‘पहिले जस्तो सरकार अब छैन, राजस्व चुहावट गर्ने छुट कसैलाई छैन,’ उनले भने, ‘कुनै कार्यालयमा त्यसो गरेको पाइए सम्बन्धित कार्यालय प्रमुख नै त्यसको जिम्मेवार हुनुपर्छ ।’

अर्थमन्त्री वाग्लेले वीरगन्ज भन्सारको यार्डमा आयातकर्ताले जाँचपास गराई नलगी थन्किएर बसेका मालवाहक कन्टेनरबारे मन्त्रालयले छिट्टै टुंगो लगाउने पनि बताए । यसका लागि समिति गठन गरी उपयोगविहीन भएर बसेका कन्टेनरको व्यवस्थापन गरिने उनले जानकारी दिए ।

त्यसैगरी, भन्सार यार्डमा जाँचपास गराई नलगेका सवारीसाधनबारे पनि मन्त्रालयले छिट्टै निकास दिने उनले बताए । यस्ता सवारीसाधन प्रक्रिया पूरा गरी आवश्यक सरकारी कार्यालयलाई दिने वा लिलाम प्रक्रियामा लैजाने तयारी गरिएको उनले बताए ।

वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी(आईसीपी)बाट यात्रु शाखा सञ्चालन हुन नसकेको विषयमा पनि छिट्टै प्रक्रिया अघि बढाइने उनले बताए । तेस्रो मुलुकका पर्यटकलाई यहीँबाट अध्यागमन सेवा दिने व्यवस्था मिलाइने उल्लेख गर्दै उनले भारतीय पर्यटकलाई पुरानै भन्सार नाकाबाट र तेस्रो मुलुकका पर्यटकलाई एकीकृत सुरक्षा जाँच चौकी(आईसीपी) बाट आवागमन गराउँदा सहज हुने बताए ।

 

Related posts

उधोगीको ९ बुँदे सुझाव सहित मधेस प्रदेश औद्योगिक सम्मेलन सम्पन्न

MadhesKhabar

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो : वीरगन्जमा अब पेट्रोल र डिजेलकाे मूल्य कति ?

MadhesKhabar

विदेशबाट फर्किएका युवालाई उद्यम गर्न सरकारले सहुलियतपूर्ण ऋण उपलब्ध गराउछ : मन्त्री रिजाल

MadhesKhabar

Leave a Comment