Madhes Khabar
राजनीति

ओलीको रिहाइ माग गर्दै एमालेले घोषणा गर्‍याे आन्दोलनकाे कार्यक्रम

काठमाडौँ,१४चैत : नेकपा एमालेको सचिवालय बैठकले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

शनिबार बिहानै अध्यक्ष ओली पक्राउ परेपछि बसेकाे एमालेकाे आकस्मिक बैठकले ओलीको रिहाइको विषयलाई लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय पनि गरेकाे छ।

बैठकले आम जनसमुदाय र नागरिक समाजको दृढ साथ र सहभागितामा आन्दोलनलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।घोषित कार्यक्रमअनुसार आजै (शनिबार) अपराह्न ३ बजे देशभरका प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको अगुवाइमा विरोध प्रदर्शन गरिनेछ।

 

त्यस्तै, भोलि (आइतबार) चैत्र १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीसमक्ष विरोधपत्र बुझाइने कार्यक्रम तय गरिएको छ।

एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने पनि निर्णय गरेको छ।

Related posts

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगरे रवि लामिछानेले दलको नाम फेर्ने

MadhesKhabar

गणतन्त्र दिवसकाे उपलक्ष्यमा कांग्रेसद्वारा वीरगन्जमा दीप प्रज्वलन

MadhesKhabar

काँग्रेस उम्मेद्वार कुर्मी भन्छन् : वीरगन्जका काेहि पनि मुख्यमन्त्रीसंग सन्तुष्ट छैनन्, उल्टै भ्रष्टाचार गरेर मधेसलाई बदनाम गराए

MadhesKhabar

Leave a Comment