Madhes Khabar
राजनीति

पर्सा-२ का कांग्रेस उम्मेदवार अजय चौरसियाको चुनाव खर्च ११ लाख ४१ हजार मात्रै

वीरगन्ज, ८ चैत :पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर चुनाव लडेर पराजित भएका अजयकुमार चौरसियाले पनि यसपालिको निर्वाचनमा आँफुले गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

आफ्ना निर्वाचन प्रतिनिधि रन्जितकुमार पटेलमार्फत पूर्वमन्त्रीसमेत रहेका चौरसियाले आँफुले निर्वाचनमा गरेको खर्चको विवरण चैत २ गते निर्वाचन कार्यालयय पर्सामा बुझाएका हुन् ।

जसमा चौरसियाले फागुन २१ को निर्वाचनका लागि आँफुले कूल ११ लाख ४१ हजार ४८७ रुपैयाँ मात्रै खर्च भएको उल्लेख गरेका छन् ।उनले चुनावमा सबैभन्दा बढी सवारी साधन तथा इन्धन खर्चमा ३ लाख ८५ हजार रुपैयाँ खर्च भएको जनाएका छन् । यस्तै वडास्तरीय प्रचार प्रसार र खाना नास्तामा २ लाख ५२ हजार रुपैयाँ, निर्वाचन कार्यालय सञ्चालन तथा विविध खर्चमा १ लाख ५२ हजार रुपैयाँ र प्रचार–प्रसार (ब्यानर र पम्प्लेट ) मा १ लाख १० हजार ७४० रुपैयाँ खर्च भएको चौरसियाले उल्लेख गरेका छन् ।

यसैगरि गोष्ठी र भेलामा ७८ हजार रुपैयाँ,डिजिटल मिडियामा ५० हजार ८५० रुपैयाँ,झण्डामा ४५ हजार २०० रुपैयाँ, ब्यानरमा ४१ हजार ६९७ रुपैयाँ, मतदाता नामावलीमा १६ हजार रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको चौरसियाले जनाएका छन् ।

पर्सा क्षेत्र नम्बर २ मा पनि रास्वपाका सुशीलकुमार कानु ३० हजार ७४० मतका साथ सांसदमा निर्वाचित हुदाँ उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री चौरसिया ११ हजार ८९० मतका साथ दोस्रो भएका थिए। उक्त क्षेत्रमा एमाले उम्मेदवार रिमाकुमारी यादवले भने ११ हजार ६०५ मत मात्रै पाएकी थिइन् ।

 

Related posts

रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

MadhesKhabar

चितवन ३ नछाड्न प्रचण्डलाई गठबन्धनकाे आग्रह

MadhesKhabar

हामीसंग बहुमत छ, सरकारका लागि फेरि दाबी गर्छौं : सोनल

MadhesKhabar

Leave a Comment