Madhes Khabar
समाचार

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं,२९फागुन:नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज(शुक्रबार) बिहान गठ्ठाघरस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए ।

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

Related posts

बारामा एकै परिवारका तीन जनाको हत्या

MadhesKhabar

पर्साका पटेलसहित दुई हुण्डी कारोबारी बारामा पक्राउ, १३ लाख ५० हजार नगदपनि बरामद

MadhesKhabar

तरकारी बोकेको गाडीबाट ३ सय ३४ केजी गाँजा बरामद, चालक फरार

MadhesKhabar

Leave a Comment