वीरगन्ज,२६फागुनःनेपाली बजारमा आज (मंगलबार) सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन तोलाको ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ प्रतितोला ३१० रुपैयाँ रुपैयाँ बढेको छ । एकैदिन चाँदी ५.७ प्रतिशत महँगिएको हो । अघिल्लो दिन तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ हजार ७२० रुपैयाँ पुगेको छ ।

