Madhes Khabar
राजनीति समाचार

बारा क्षेत्र नम्बर ४ का उम्मेदवार रहबर अंसारीको घरदैलो तिव्र,मतदाताको चासो बढ्दो

वीरगन्ज,फागुन १५: बाराको निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताहरूले यसपालि निर्वाचनमा नयाँ र युवालाई अवसर दिने संकेत गरेका छन्। क्षेत्रका विभिन्न गाउँटोलमा गरिएको भेटघाटका क्रममा अधिकांश मतदाताहरूले पुराना शैलीभन्दा फरक सोच र ऊर्जा भएका उम्मेदवारलाई मत दिने मनसाय व्यक्त गरेका हुन्।

स्थानीयसँगको भेटघाटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारीलाई स्वागत गर्दै मतदाताहरूले उनीप्रति नयाँ उत्साह, आशा र भरोसा व्यक्त गरेका छन्। उनीहरूले क्षेत्रको विकास, रोजगारी सिर्जना र सुशासनको अपेक्षा राखेको पनि बताएका छन्।

 भेटघाटका क्रममा उम्मेदवार अन्सारीले आफू सधैं जनताको हकहितका लागि आवाज उठाउँदै आएको उल्लेख गर्दै यसपटक पनि स्पष्ट योजना र रोडम्याप सहित मैदानमा उत्रिएको बताए। उनले एकपटक विश्वास गरेर मतदान गर्न आग्रह गर्दै सुशासन, भ्रष्टाचारमुक्त क्षेत्र, रोजगारी सिर्जना तथा विकास निर्माणका लागि सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, सबै नागरिकलाई समान सहभागिता सहित सहकार्य र सुझावका आधारमा अघि बढ्ने उनको भनाइ छ।

फरक प्रसंगमा उनले आफ्नो चुनावी अभियानमा देखिएको जनउत्साहपछि केही अराजक तत्वहरूले षड्यन्त्र गर्न खोजेको आरोप लगाउँदै अन्ततः जनताले मतदान मार्फत त्यसको जवाफ दिनेमा आफू विश्वस्त रहेको बताए।

बारा–४ मा यसपालिको निर्वाचनमा ‘नयाँ बनाम पुराना’ बहस चुलिँदै गएको छ। अब मतदाताको अन्तिम निर्णय कस्तो आउला भन्ने चासो बढ्दो छ।

Related posts

वीरगन्जमा मोटरसाइकल र स्कुटी चोर्ने दुई युवक प्रहरी फन्दामा

MadhesKhabar

सरकारमा आउनुअघि कमाउनु पाप होइन,सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो : गृहमन्त्री गुरुङ

MadhesKhabar

पर्सा–२ का नवनिर्वाचित सांसद कानुले पनि सार्वजनिक गरे आफ्नो चुनाव खर्च

MadhesKhabar

Leave a Comment