Madhes Khabar
राजनीति

एमालेका पूर्व केन्द्रिय सदस्य बसरुद्दीन अन्सारी कांग्रेसमा प्रवेश

वीरगन्ज, ६फागुन : नेकपा एमालेका पूर्व केन्द्रिय सदस्य तथा वीरगन्जका मेडिकल व्यवसायी बसरुद्दीन अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएका अन्सारी बुधबार जनकपुरमा आयोजित नेपाली कांग्रेसको प्रतिज्ञा सभामा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेस सभापति गगन थापा लगायतका शीर्ष नेताहरुले अन्सारीलाई पार्टीमा स्वागत गरे । अन्सारी यसअघि विभिन्न राजनीतिक दल फेर्दै एमालेमा गएका थिए। आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि एमालेबाट टिकटको आकांक्षा राखेका उनले टिकट नपाएपछि कांग्रेस रोजेको उनी निकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार अन्सारीले आफ्ना निकट सहयोगीहरूलाई समेत टिकट दिलाउन एमाले नेतृत्वसँग पहल गरेका थिए। यसअघि उनी बैचारिक रुमा राजावादी,एमाले, माओवादीमा लगायतका दलमा रहेर पटक पटक चुनावपनि लडिसकेका छन् ।

 

Related posts

पर्सा १ का काँग्रेस नेता कार्यकर्ता भन्छन् : कर्ण नै हाम्रा उम्मेदवार हुन्, जसरी पनि जिताउछौं

MadhesKhabar

सीके राउतको पक्षमा सर्वोच्चको फैसला, जनस्वराज पार्टीलाई मान्यता दिने आयोगको निर्णय बदर

MadhesKhabar

परवानीपुरमा काँग्रेस,एमाले र जसपाका ३ सय जना लोसपामा प्रवेश

MadhesKhabar

Leave a Comment