
वीरगन्ज,१० कार्तिक : पर्सा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार लक्ष्मणलाल कर्णलाइ जिताउन गठबन्धनमा आबद्ध दलका नेता कार्यकताहरु नै एकजुट भएर लागेका छन् ।
गठबन्धनबाट लोसपाका उम्मेदवार कर्णको चुनावी प्रचार प्रसारमा नेपाली काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरु नै कर्णलाई लिएर मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।
काँग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका अजय द्विवेदीले पार्टीको निर्णय विपरित एपछि रुक्ष्ट बनेका यस क्षेत्रका अगुवा नेता कार्यकताहरु नै गठबन्धनका उम्मेदवार कर्णलाई अत्याधिक मतले जिताउन भन्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
यसैक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर २२ को वडा अध्यक्षमा काँग्रेसबाट निर्वाचित द्वारिका चौहानले बिहीबार कर्णले आयोजना गरेको घरदैलो कार्यक्रममा आफू ५ दलिय गठबंधनको पक्षमा रहेको भन्दै कर्णलाई मतदान गर्न आफनो वडाका मतदाताहरुसंग आग्रह गरे । उनले भने ,‘ कांग्रेस पार्टीले गर्ने हरेक निर्णयमा मेरो साथ र समर्थन रहेको छ , हाम्रा उम्मेदवार कर्ण नै हुन् , पार्टी छाडेर गएकासंग हाम्रो कुनै साइनो नै छैन । उनले आफनो वडामा गठबन्धनका उम्मेदवार कर्णकै पक्षमा अत्याधिक मत पर्ने ठोकुवा पनि गरे ।
बिहीबारको घरदैलो कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी र लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

