Madhes Khabar
समाचार

वीरगन्ज आउने क्रममा बाटोबाटै पक्राउ परेका दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

फाइल तस्बिर।

काठमाडौं,२५माघः झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।जिल्ला सरकारी वकिल काठमाडौंको आदेश अनुसार प्रसाईंलाई आइतबार हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए ।

प्रहरीले उनलाई गत शुक्रबार मात्रै दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरेको थियो । काठमाडौंबाट पर्साको वीरगन्जतर्फ आउँदै गरेका बेला उनी पक्राउ परेका थिए ।

प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनिमात्रै निर्वाचन’ भन्दै अभिव्यक्ति दिने गरेका छन् । १९ माघमा चितवनमा पुगेर उनले राजसंस्था स्थापनाम नभएसम्म निर्वाचन नहुने भन्दै बोलेका थिए । प्रशासनले तोकेको ठाउँभन्दा अन्यत्र कार्यक्रम गरेर केही समय तनावको स्थिति समेत बनेको थियो ।

 

Related posts

काठमाडौंका सडकमा मध्यराति खानेपानीमन्त्री यादवको छड्के अनुगमन

MadhesKhabar

फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन मन्त्री यादवको निर्देशन 

MadhesKhabar

वीरगन्जको घण्टाघरबाट १ करोड ३१ लाखको सामानसहित दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment