वीरगन्ज,१३माघ:पर्सा क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार सुशील कुमार कानुले बहुदरमाई नगरपालिका वठा नम्बर ३ पद्माैलमा मंगलबार चुनावी घरदैलो कार्यक्रम गरेका छन्।
मंगलबार बिहान रास्वपाका नेता कार्यकर्तार समर्थकसंगै पद्माैलमा पुगेका कानुले त्यस वडाका मतदाताकाे घरघरमा पुगेर यसपालिको चुनावमा रास्वपालाई मत दिन आग्रह गरे।त्यसक्रममा उनले मतदाताका समस्या र गुनासाे पनि सुनेका रास्वपा उम्मेदवार कानुले आफू नेताका रुपमा नभई सेवकका रुपमा जनताकाे माझमा आएकाे बताउँदै पर्सा-२ का जनताकाे हरेक दुखसुखमा साथमा रहने वाचापनि गरे।
रास्वपाले जिते नेपालमा पहिलाे पटक मधेसीकाे छाेराे बालेन शाह प्रधानमन्त्री बन्ने भन्दै कानुले मधेसी जनताले याे अवसर यसपालि गुमाउन नहुनेपनि बताए ।

