Madhes Khabar
राजनीति

प्रधानमन्त्रीको रूपमा ओलीलाई अघि सार्ने एमालेको निर्णय

काठमाडौं,३माघ: नेकपा एमालेले आगामी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।

‘आजको सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ,’ बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले पार्टीलाई पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेको दाबी पनि गरेका छन् ।

‘नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्नेछ । जस्तोसुकै परिस्थिति सामना गर्नुपरे पनि लोकतन्त्र र राष्ट्रियता जोगाउन एमाले प्रतिबद्ध भएर अघि बढ्नेछ,’ उनले भने ।साभार:अनलाइनखबर

Related posts

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेश

MadhesKhabar

वीरगन्ज–३१ मा जसपाका वडा कमिटी उपाध्यक्षसहितका नेताहरु एमालेमा प्रवेश,पूर्वमन्त्री यादवले गरे स्वागत

MadhesKhabar

नागरिकता विधेयक पारित भएको खुशीयालीमा पोखरीयामा कांग्रेसको दिपावली

MadhesKhabar

Leave a Comment