Madhes Khabar
राजनीति

नागरिकता विधेयक पारित भएको खुशीयालीमा पोखरीयामा कांग्रेसको दिपावली

मधेसखबर
वीरगन्ज,१३ साउन : नागरिकता संशोधन विधेयक २०७९ राष्ट्रियसभाबाट पनि पारित भएको खुशीयालीमा नेपाली कांग्रेसले पर्साको पोखरीयामा  दीप प्रज्वलन गरेको छ।

बिहीबार राष्ट्रियसभाबाट नागरिकता संशोधन विधेयक पारित भएको खुशीयालीमा नेपाली कांग्रेसको  नगर कार्य समितिले पोखरीया बजारमा शुक्रबार साँझ दीप प्रज्वलन गरेको हो ।

कांग्रेसका नगर सभापति रामबाबु चौहानको  अध्यक्षता एंव पोखरीया नगरपालिकाका पूर्व मेयर दिपनारायण रौनियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेसका नेताहरु प्रमानन्द पटेल, किशोरी साह, सोनालाल साह लगायतको पनि सहभागीता रहेको थियो।

Related posts

बारा २ मा मंसिरको भन्दा बढि मतदान , गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप

MadhesKhabar

पर्सा–१ मा प्रदीप यादवलाई जिताउन एमालेका महिला नेतृहरु पनि सक्रिय

MadhesKhabar

गृहमन्त्रीले राजिनामा नदिए आन्दोलन थप चर्काउने राप्रपाकाे चेतावनी

MadhesKhabar

Leave a Comment