Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा गठित हिन्दु पत्रकार संघ देशका सात वटै प्रदेश र ७७ वटै जिल्लामा विस्तार गर्ने निर्णय

वीरगन्ज,१८पुसःवीरगन्जमा गठित हिन्दु पत्रकार संघ नेपालको संगठन देशका सात वटै प्रदेशमा विस्तार गरिने भएको छ ।वीरगन्जमा शुक्रबार बसेको हिन्दु पत्रकार संघ केन्द्रीय कार्यसमितिको बैठकले संगठनको संरचनालाई सात वटै प्रदेश र ७७ वटै जिल्लामा विस्तार गर्ने निर्णय गरेको सचिव राजकुमार सर्राफले जानकारी दिए ।

यस्तै बैठकले संगठनका अन्य कार्यक्रम तथा गतिविधिहरूलाई क्रमिक रूपमा अगाडि बढाउने निर्णयपनि गरेको उनले बताए ।
यसैगरि बैठकमा नवनियुक्त कोषाध्यक्ष आनन्द पटेललाई विधिवत् रूपमा खाँदा ओढाई पदभार ग्रहण पनि गराइएको थियो ।

अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष विनोद पटेल, कोषाध्यक्ष आनन्द पटेल, सदस्यहरू सञ्जय कुशवाहा, राकेश कुमार साह लगायतकाको सहभागिता थियो ।

Related posts

गढीमाई मेलामा करोडौं अनियमितता गरिएको आरोप

MadhesKhabar

‘गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

MadhesKhabar

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै

MadhesKhabar

Leave a Comment