Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा गठित हिन्दु पत्रकार संघ देशका सात वटै प्रदेश र ७७ वटै जिल्लामा विस्तार गर्ने निर्णय

वीरगन्ज,१८पुसःवीरगन्जमा गठित हिन्दु पत्रकार संघ नेपालको संगठन देशका सात वटै प्रदेशमा विस्तार गरिने भएको छ ।वीरगन्जमा शुक्रबार बसेको हिन्दु पत्रकार संघ केन्द्रीय कार्यसमितिको बैठकले संगठनको संरचनालाई सात वटै प्रदेश र ७७ वटै जिल्लामा विस्तार गर्ने निर्णय गरेको सचिव राजकुमार सर्राफले जानकारी दिए ।

यस्तै बैठकले संगठनका अन्य कार्यक्रम तथा गतिविधिहरूलाई क्रमिक रूपमा अगाडि बढाउने निर्णयपनि गरेको उनले बताए ।
यसैगरि बैठकमा नवनियुक्त कोषाध्यक्ष आनन्द पटेललाई विधिवत् रूपमा खाँदा ओढाई पदभार ग्रहण पनि गराइएको थियो ।

अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष विनोद पटेल, कोषाध्यक्ष आनन्द पटेल, सदस्यहरू सञ्जय कुशवाहा, राकेश कुमार साह लगायतकाको सहभागिता थियो ।

Related posts

घडिअर्वाकाे श्रीरामजानकी मन्दिरमा बैशाख ५ गते रामनवमी महाेत्सव मनाइने

MadhesKhabar

पोखरियामा ९ दिने विष्णु महायज्ञ सुरु, पहिलो दिन निकालियो भव्य शोभा यात्रा

MadhesKhabar

रामनवमीका दिन विराटनगरमा हिन्दूमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग

MadhesKhabar

Leave a Comment