Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज : ८ वर्षदेखि भाडाको घरमा रहेको वडा कार्यालय र स्वास्थ्य चौकी अब आफ्नै भवनमा

वीरगन्ज,२६मंसिर : करिब ८ वर्षदेखि भाडाको घरमा सञ्चालन हुदैंआएको वीरगन्ज महानगरपालिका वडा नम्बर १२ को वडा समितिको कार्यालय र स्वास्थ्य चौकी शुक्रबारदेखि आफ्नै नवनिर्मित भवनमा सञ्चालनमा ल्याइएको छ ।

संघ सरकारको १ करोड २५ लाख रुपैयाँको लागतमा मुर्ली पोखरी नजिकको जग्गमा नवनिर्मित दुई तल्ले सुविधासम्पन्न भवनमा शुक्रबारदेखि वडा समितिको कार्यालय र स्वास्थ्य चौकी सञ्चालनमा ल्याइएको हो ।

शुक्रबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित भवनको हिन्दु रितिरिवाज अनुसार पूजापाठ गरी नवनिर्मित भवनको उद्घाटन गरेको वडाध्यक्ष सुरेश प्रसाद गुप्ताले जानकारी दिए ।

उनका अनुसार, आफ्नै भवन नहुदाँ करिब ८ वर्षदेखि वडा समितिको कार्यालय र स्वास्थ्य चौकी भाडाको घरमा सञ्चालनमा थियो । अब भने आफ्नै नवनिर्मित भवनको भूंइ तल्लामा स्वास्थ्य चोकी र माथिल्लो तल्लामा वडा समितिको कार्यालय सञ्चालनमा ल्याइएको वडाध्यक्ष गुप्ताले जानकारी दिए ।

नवनिर्मित आफ्नै सुविधासम्पन्न भवनबाट दुवै कार्यालय सञ्चालनमा ल्याएपछि सेवाका लागि आउने सेवाग्राही र उपचारका लागि आउने बिरामीहरुलाई सहज रुपमा सेवा दिन सकिने उनले बताए ।

वडाध्यक्ष गुप्ताकै अध्यक्षता तथा मेयर सिंहको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित भवनको उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा सदस्यहरु दिपक डंगोल र सीमा बैठा, वडा कार्यालयका सचिव वडा मुकेश दासका साथै कर्मचारी र स्वास्थ्यकर्मीहरुकोपनि उपस्थिती थियो ।

Related posts

थुनामा पठाउने अदालतको आदेशपछि पूर्वमन्त्री गुप्ताकाे प्रतिक्रिया: मैले फेरि चुनाव जित्छु भनेर सरकार डरायाे

MadhesKhabar

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेका वीरगन्जका खेलाडी सागरलाई मेयर सिंहले गरे सम्मानित

MadhesKhabar

मधेसकाे मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

MadhesKhabar

Leave a Comment