Madhes Khabar
राजनीति हेडलाइन

मधेसकाे मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

जनकपुरधाम,२४कात्तिक:मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

 

सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका हुन् ।

रिटमाथि छलफलको लागि सर्वोच्च अदालतले मंगलबार तारिख तोकेको छ । संविधानको धारा १६८ को उपधारा (२) जीवित हुँदाहुँदै संविधान उल्लंघन भएको हुनाले रिट दिएको निवेदक साहले जानकारी दिए । उनका अनुसार जीवित रहेको धारा टेकेर नै नयाँ सरकार गठनको लागि आह्वान हुनुपर्ने रिट निवेदन पत्रमा जिकिर गरेका छन् । यो निवेदनको अन्तिम किनारा नलागेसम्म यथास्थितमा राख्ने आदेशको पनि माग गरिएको छ ।

गएको शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनार (सोनल)ले राजीनामा दिएका थिए । सोमबार बिहान ४ बजे बर्दिबासको पानस होटले प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका थिए । त्यही विषयमा नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टी बाहेकका दल आपत्ति जनाएका छन् । सात दल उक्त नियुक्तिविरुद्ध सर्वोच्चमा जाने तयारी गरेका छन् । ७४ जना सांसदको हस्ताक्षर संकलन गरेका थिए ।साभार:इकान्तिपुर

Related posts

सरकारको अलोकप्रिय निर्णय :प्रथम सेवा बिन्दुबाट नारायणीलाई हटाइयो, बिरामीलाई अब सास्ती हुने

MadhesKhabar

पर्साकाे हरपुरमा भैंसीसंग माेटरसाइकल ठाेक्किदा चालककाे मृत्युु

MadhesKhabar

प्रचण्ड तेश्राे पटक प्रधानमन्त्रीमा नियुक्त

MadhesKhabar

Leave a Comment