Madhes Khabar
राजनीति

संसद पुनर्स्थापनाकाे मागसहित सर्वाेच्चमा दायर रिट पार्टीको तर्फबाट हाेइन : गगन थापा

काठमाडौं,२१ मंसिर:संसद् पुन: स्थापनाको मागसहित सर्वाेच्च अदालतमा दायर गरिएको रिट नेपाली कांग्रेसको संस्थागत निर्णय नभएको पार्टीका महामन्त्री गगन थापाले बताएका छन्।

 

आइतबार कांग्रेस निर्वाचन समितिका संयोजकसमेत रहेका पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाँतीले विघटित प्रतिनिधि सभा (पुनर्स्थापना) काे माग सहितकाे रिट वारेसनामामार्फत सर्वाेच्चमा दायर गरेका हुन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकको हस्ताक्षरमा संसद् पुन: स्थापनाको मागसहित आइतबार रिट दायर भए पनि महामन्त्री थापा भने उक्त रिट पार्टीको तर्फबाट नभएको तर्क गर्छन्।

‘सर्वोच्चमा रिट लिएर नेपाली कांग्रेस गएको छैन। संसदीय दल वा केन्द्रीय समितिबाट रिटमा जाने निर्णय भएको छैन,’ थापाले भने, ‘नेपाली कांग्रेसले केन्द्रीय समितिबाट जे निर्णय गरेको छ त्यही नै कार्यान्वयन गर्ने हो।’

तर थापाले त्यसलाई व्यक्तिगत रिट भएको बताउँदै थपे, ‘कांग्रेसको बैठकमा पुनस्र्थापनामा जानुपर्छ भन्ने पनि आवाज आएको थियो। चुनावमा जानुपर्छ भन्ने पनि आवाज आएको थियो। यो त्यही संसद् पुनर्स्थापनामा जानुपर्छ भन्ने पक्षको आवाजको प्रतिनिधित्व हो। निर्वाचनमा जाने हाम्रो निर्णयमा रिटले कुनै फरक पार्दैन । हाम्रो निर्णय कार्यान्वयनमा हामी प्रतिबद्ध छौँ। व्यक्तिगत रूपमा रिट लिएर जाने स्वतन्त्रता सबैलाई छ।’

महामन्त्री थापाले रिट नेपाली कांग्रेस पार्टी वा संसदीय दलका तर्फबाट नभएको दोहोर्याए ।

Related posts

मंसिर ४ को निर्वाचनमा पनि गठबन्धनमा जाने सहमति

MadhesKhabar

राप्रपा अध्यक्ष लिङ्देनको सुझाव : बुढीगण्डकीको पानी पर्सा र बारामा पनि वितरण गर्ने व्यवस्था गरौंं

MadhesKhabar

मधेसका मुख्यमन्त्री यादवले दिए राजिनामा

MadhesKhabar

Leave a Comment