Madhes Khabar
राजनीति

गगन र विश्वप्रकाशले भने : चुनावअघि कांग्रेसको महाधिवशेन भएन भने चुनावमा उम्मेदवार हुँदैनौं

काठमाडौं,५मंसिरःनेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न नसकिने अवस्था आए आगामी चुनावमा आँफु्हरु उम्मेदवार नहुने बताएका छन् ।

चुनावअघि नियमित महाधिवेशनको पक्षमा महामन्त्री थापा र शर्मालाई ध्यानाकर्षण गराउन पुगेका कांग्रेस केन्द्रीय सदस्यहरूलाई दुई महामन्त्रीले उक्त कुरा जानकारी गराएका हुन् ।

सभापति शेरबहादुर देउवा पक्षका २५ केन्द्रीय सदस्यले महाराजगञ्जस्थित अरिकल होटलमा दुई महामन्त्रीलाई शुक्रबार बिहान १० बजेदेखि १२ः३० सम्म भेटेर छलफल गरेका थिए ।

महामन्त्रीलाई चुनावअघि महाधिवेशनको ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले चुनावअघि महाधिवेशन गराउनै नसकिने अवस्था बने आफूहरू उम्मेदवार नबन्ने जानकारी दुई महामन्त्रीले गराएको बताए ।

सभापतिसँग भेटमा सहभागी नेताहरूका अनुसार देउवाले अन्य नेताहरूसँग छलफल गर्न सुझाव दिएका थिए ।‘नियमित महाधिवेशन भएन भएन भने विशेष महाधिवेशनको मागलाई वेवास्ता गरेर जान सकिन्न्,’ दुई महामन्त्रीको बोली उद्धृत गर्दै शेर्पाले भने, ‘पार्टीको विधान अनुसार विशेष महाधिवेशनको माग भएको छ । चुनावअघि नियमित वा महाधिवेशन गर्न सकेनौं भने हामी चुनावमा नलड्न पनि सक्छौं ।’

विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा केन्द्रीय कार्यालयमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको छ । कांग्रेस विधान अनुसार विशेष महाधिवेशनका लागि लिखित माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ । उक्त अवधि २८ पुसमा सकिन्छ । दुई महामन्त्रीले केन्द्रीय सदस्यहरुसँग कुरा गर्दा त्यसअघि नियमित महाधिवेशन भए विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुने बताएका थिए ।

सभापति देउवा पक्षका २५ केन्द्रीय सदस्यले सभापति देउवालाई हिजो र कार्यवाहक सभापति कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आज विहान भेटेका थिए । सभापति देउवाले चुनावअघि महाधिवेशनका लागि सकरात्मक रहेको केन्द्रीय सदस्यहरूसँग बताएका थिए । चुनावअघि नियमित महाधिवेशन गर्न माग गर्दै देउवा भेट्न गएका नेताहरूलाई सभापतिले भनेका थिए, ‘महाधिवेशन गर्ने कुरामा म सकारात्मक छु । तर, कार्यवाहक सभापति दिइसकेको हुँदा म क्रियाशील हुन्नँ ।’ अन्य नेताहरूसँग छलफल गरेर निष्कर्षमा पुग्न सभापतिले सुझाव दिएको केन्द्रीय सदस्य शेर्पाले बताए । पार्टीको नियमित कामबाट आफू बाहिर बसेको हुँदा अन्य पदाधिकारीसँग छलफल गरेर सहमति गर्न देउवाले सुझाव दिएका थिए ।

सभापति देउवाले बिहीबार भएको सिमराको घटनाप्रति नेताहरुसँग चासो राखेका थिए । चुनावी वातावरण बिग्रने चिन्ता सभापतिले राखेको भेट्न पुगेका नेताहरूले जानकारी गराएका छन् ।

सभापतिलाई हिजो भेटेका केन्द्रीय सदस्यको टोलीले बिहान कार्यबाहक सभापति खड्कालाई भेटे । कार्यबाहक सभापति खड्काले पार्टीमा विवाद र विखण्डन नहुने गरी आफू पहल गरिरहेको जानकारी गराएका थिए । चुनावअघि महाधिवेशन हुनुपर्ने मागमा रहेका नेताहरूलाई खड्काको सुझाव थियो, ‘तपाईंले मलाई मात्र भन्नुभयो । अरु नेताहरूलाई पनि सम्झाउनुस् ।’ साभारः अनलाइनखबर

Related posts

वीरगन्जमा वरिष्ठ उपाध्यक्ष पोखरेल भने : कांग्रेससंग मिलेर अहिलेको सरकार फेर्ने पक्षमा एमाले छैन

MadhesKhabar

वीरगन्जसहित मधेसलाई तत्काल सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सांसद चौरसियाको माग

MadhesKhabar

ठाकुरराममा स्ववियु चुनाव हुनै पर्ने माग गर्दै विधार्थी नेताहरु अनसनमा

MadhesKhabar

Leave a Comment