Madhes Khabar
खेलकुद

एनपीएल : जनकपुर बाेल्ट्सलाई हराउँदै काठमाण्डु गुर्खाजकाे विजयी सुरुवात

तस्बिर :अभिषेक महर्जन

काठमाडौं,१मंसिर : नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले विजयी सुरुवात गरेकाे छ। टियु क्रिकेट मैदानमा सोमबार भएको उद्‍घाटन खेलमा काठमान्डुले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको हो।

 

जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो। काठमान्डुका लागि बेन चार्ल्सवर्थले सर्वाधिक ४६ रन बनाए। त्यस्तै आका त्रिपाठीले ३९, मिलिन्द कुमारले १९ र जोह्न सिम्पसनले १३ रन बनाए।

जनकपुरका लागि अनिल साह, ललित राजबंशी, जन निकोल लोप्टी इटन र संजय कृष्णमूर्तिले १-१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुर ५ विकेटको क्षतिमा १३० रन बनाएको थियो। जनकपुरका लागि ओपनर आशिफ शेखले अर्धशतकसहित सर्वाधिक रन प्रहार गरे। उनले ४१ बलमा ६ चौका र १ छक्कासहित ५४ रन बनाए। त्यस्तै मयन यादव ३४ रन र लहिरु समरकुन २२ रनमा अविजित रहे। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

काठमान्डुका लागि मिलिन्द कुमारले ३ र करण केसी र सन्तोष यादवले १-१ विकेट लिएका थिए।साभार:अन्नपूर्णपाेष्ट

Related posts

एनपिएलको टिकट मूल्य ५ सयदेखि २ हजार रुपैयाँसम्म

MadhesKhabar

मेसी टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ घोषित

MadhesKhabar

विश्वकप क्रिकेट : चाैका- छक्का सहित रनको वर्षा भएको खेलमा दक्षिण अफ्रिकाको सानदार जित

MadhesKhabar

Leave a Comment