Madhes Khabar
राजनीति

राष्ट्रिय झन्डा फाल्ने कांग्रेस सांसदलाई कारबाही होस् : रास्वपा

काठमाडौं,२४कात्तिक:राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनीष झाले राष्ट्रिय झन्डा भुइँमा फाल्नेलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राष्ट्रिय झन्डाको अपमान गर्नु घृणित काम भएको भन्दै यस्ता क्रियाकलापको विरोध गर्नुपर्ने उल्लेख गरेका छन् ।

लोकतन्त्रमा विरोध र बहस गर्न पाइने भए पनि राष्ट्रियताको सवालमा सबै एकजुट हुनुपर्ने उनले बताएका छन् । उनले झन्डा भुइँमा फाल्ने व्यक्ति नेपाली कांग्रेसको निर्वाचित प्रतिनिधि पनि भएको बताए ।

झाले लेखेका छन्, ‘लोकतन्त्रमा विरोध र बहस गर्न पाइन्छ । तर, राष्ट्रिय झन्डालाई यसरी भुइँमा फाल्न पाइँदैन। यो अपराध गर्ने मान्छे नेपाली कांग्रेस सर्लाहीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। जो दुईपटक मन्त्री पनि भइसक्नुभयो। यो घृणित कार्यको हामी खुलेर नै विरोध गर्दछौँ।’

Related posts

जसपा नेपालको समाजवादी महिला संघकी वीरगन्ज महानगर अध्यक्ष सर्राफ जनमत पार्टीमा प्रवेश

MadhesKhabar

प्रचण्ड विरुद्ध उम्मेद्बारी दिन्छु : काँग्रेस नेता घिमिरे

MadhesKhabar

वीरगन्ज–१० का जसपा अध्यक्ष साहले पनि छाडे पार्टी

MadhesKhabar

Leave a Comment