Madhes Khabar
राजनीति

राष्ट्रिय झन्डा फाल्ने कांग्रेस सांसदलाई कारबाही होस् : रास्वपा

काठमाडौं,२४कात्तिक:राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनीष झाले राष्ट्रिय झन्डा भुइँमा फाल्नेलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राष्ट्रिय झन्डाको अपमान गर्नु घृणित काम भएको भन्दै यस्ता क्रियाकलापको विरोध गर्नुपर्ने उल्लेख गरेका छन् ।

लोकतन्त्रमा विरोध र बहस गर्न पाइने भए पनि राष्ट्रियताको सवालमा सबै एकजुट हुनुपर्ने उनले बताएका छन् । उनले झन्डा भुइँमा फाल्ने व्यक्ति नेपाली कांग्रेसको निर्वाचित प्रतिनिधि पनि भएको बताए ।

झाले लेखेका छन्, ‘लोकतन्त्रमा विरोध र बहस गर्न पाइन्छ । तर, राष्ट्रिय झन्डालाई यसरी भुइँमा फाल्न पाइँदैन। यो अपराध गर्ने मान्छे नेपाली कांग्रेस सर्लाहीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। जो दुईपटक मन्त्री पनि भइसक्नुभयो। यो घृणित कार्यको हामी खुलेर नै विरोध गर्दछौँ।’

Related posts

पर्सा–३ मा एमालेका पाण्डेयलाई जिताउन उपमहासचिव भट्टाराईसहित तीन केन्द्रिय नेता खटिदैं

MadhesKhabar

पर्सा १ मा द्विवेदीकाे इन्ट्रीले राेचक भिडन्त

MadhesKhabar

बारामा जारी मतगणनामा जसपालाई उछिन्दै जनमत पार्टिको अग्रता

MadhesKhabar

Leave a Comment