Madhes Khabar
राजनीति

मधेसको प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा सांसदहरुले नै गरे तोडफोड

जनकपुरधाम,२४कात्तिक : मधेस प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादवलाई नियुक्त भएको विरोधमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय तोडफोड भएको हो।

प्रदेश सांसदहरूकै एक समूहले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन्। तोडफोड गरिरहेका सासंदहरुलाई लोसपामा सासद उपेन्द्र महतोले सरकारी सम्पतिमा क्षति नपु¥याउन आग्रह गर्दै तोडफोड हुनबाट रोकेका थिए। संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको विरोधमा तोडफोड भएको हो।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस कटेज होटेलमा मुख्यमन्त्री सरोज यादवलाई सपथ ग्रहण गराएको विरोधमा सोमबार बिहानैदेखि मधेस भवन तनावग्रस्त छ।

पदभार ग्रहण गर्न मुख्यमन्त्री सरोज कुमार यादव आउने सूचनापछि अन्य दलहरूले रोक्ने प्रयासमा, प्रवेशद्वारमा सांसद तथा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ। मन्त्रीहरूमा एमालेका लखनलाल दास तत्मा, राप्रपाका कन्चन बिच्छा र संघीय समाजवादी पार्टी नेपालकी विमला अन्सारीलाई मन्त्री पदमा सपथ लिएकी हुन्।

 

Related posts

काँग्रेसले टिकट नदिए एमालेबाट पनि चुनाव लड्न सक्छु : नेता द्विवेदी

MadhesKhabar

मधेसका मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको ठहर गर्दै सर्वाेच्चद्वारा अन्तरिम आदेश जारी

MadhesKhabar

पर्साको समस्या संसदमा उठाउने नेता चुन्नु होला : प्रदीप यादव

MadhesKhabar

Leave a Comment