Madhes Khabar
स्वास्थ्य

वीरगन्ज सामुदायिक आँखा केन्द्रमा रेफ्रेक्टिभ सर्जरी स्क्रिनीङ कार्यक्रम सम्पन्न

वीरगन्ज,१६कात्तिकः ‘बिना चश्मा दृष्टि सम्भव छ’ भन्ने नाराका साथ वीरगञ्ज सामुदायिक आँखा केन्द्रमा शनिबार रेफ्रेक्टिभ सर्जरी स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका रेफ्रेक्टिभ, कर्निया तथा क्याटर्याक्ट सर्जन डा. सागर रुइत र डा. पुरुषोत्तम ढुंगानाको नेतृत्वमा गरिएको कार्यक्रममा ७२ जना बिरामीहरूको आँखा परीक्षण गरिएको वीरगञ्ज सामुदायिक आँखा केन्द्रका मेडिकल कोअर्डिनेटर महेस सिह धामीले जानकारी दिए ।

तीमध्ये ६ जना बिरामीहरूमा दृष्टिदोष (अपवर्तन त्रुटि) पाइएको र उनीहरूमा गरिएको प्रारम्भिक परीक्षणको नतिजा रेफ्रेक्टिभ सर्जरीका लागि सकारात्मक रहेको प्रारम्भिक रिपोर्ट आएको धामीले बताए ।

उनीहरूलाई थप उपचारका लागि तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंमा सर्जरीका लागि सिफारिस गरिएको धामीले जानकारी दिए।

वीरगन्ज सामुदायिक आँखा केन्द्रमा शनिबार गरिएको कार्यक्रमले समुदायमा आधुनिक आँखा उपचार सेवाको पहुँच विस्तार गर्न र बिरामीहरूमा दृष्टि सुधारका नयाँ अवसरहरू प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको उनले बताए।

 

Related posts

वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि

MadhesKhabar

मेडिकल कलेजका एमडी र ल्याब प्रमुखलाई रिहा गर्न माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

वीरगन्जको अलौंमा १६ शैयाको अस्पताल शिलान्यास

MadhesKhabar

Leave a Comment