Madhes Khabar
धर्म/संस्कृति

यमपञ्चककाे पाँचाै दिन आज : मधेसमा `भईया दुज´ र पहाडमा `भाइ टीका´

वीरगन्ज,६कात्तिक: यमपञ्चककाे पाँचाै दिन आज मधेसी समुदायमा दिदी-बहिनीले आफना दाजुभाईकाे दीर्घायुकाे कामना गर्दै भईयादुज पर्व मनाउँदैछन् भने पहाडी समुदायमा भाई टिका मनाइदैछ ।

 

मधेसी समुदायमा
दिदी–बहिनी तथा दाजुभाईहरु बिचको प्रेम एवं स्नेह यथावत राख्नका लागि गोबर्धन पूजाको भोलीपल्ट अर्थात आजका दिन बिहानै बिधिवत पूजा अर्चना गरि भईया दुज पर्ब मनाउने चलन रहेको छ ।

दिदी–बहिनी र दाजु–भाईबिचको प्रेम तथा कुशल जीवनको कामनासँग जोडिएको भईया दुज पर्वमा दिदी–बहिनीले पहिले भगवान् गोबर्धन समक्ष श्राप दिएर आफ्ना दाजु–भाईको सबै दु:ख र कष्ट मुक्त गर्दै उनीहरुको लामो दिर्घायुकाे कामना गर्दछन् ।

आजका दिन सबेरै मधेसी समुदायका महिला तथा युवतीले सामुहिक रुपमा विभिन्न स्थानमा जम्मा भई भगवान् गोबर्धनको पूजा–अर्चनासँगै पारम्परिक गीत समेत गाउने गर्दछन् ।

यस दिनमा दिदी–बहिनीले रेंङ्गनीको काँडाले आफ्नाे जिब्राेमा घोचेर आफ्ना दाजु–भाईलाई श्राप दिएर पुन : श्राप मुक्त गर्दछन् । प्राचीन काल देखी नैं चलिआएको धार्मिक परम्परा अनुसार महिलाहरुले गोबर्धन पूजा गरेर हिन्दु धर्ममा हुँने बिवाह र अन्य मांङ्गलिक कार्यहरु आजैबाट सुरु हुने भएकोले गीत समेत गाउँने गर्दछन् ।

गोबर्धन पूजा पश्चात दिदी–बहिनीहरुले आ–आफ्ना दाजुभाईहरुलाई केराउकाे दाना र मिठाई बजडीको रुपमा खुवाएर दाजु–भाईहरुको शक्ती तथा छाती बजडी झैं सारो तथा बलियो रहोस् भन्ने लामो आयुको आशिर्वाद समेत दिने गर्दछन् ।

दिदी–बहिनीले बजडी खुवाएपछि दाजुभाइलेपनि आफ्नाे गच्छे अनुसारकाे उपहार दिदी-बहिनीलाई दिने चलन छ।

यस्तै आजै पहाडी समुदायमा भाइटीका पर्व मनाइँदैछ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

 

 

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् अधिकारीले सुनाए।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

Related posts

वीरगन्जको पानीटंकीमा नवनिर्मित दुर्गा मन्दिरमा घटस्थापनाका दिन मूर्तीको प्राणप्रतिष्ठा गरिने

MadhesKhabar

छठ पर्बको उपलक्ष्यमा घडिअर्वा छठघाटमा आयोजित रक्तदान कार्यक्रममा ६३ जनाले गरे रक्तदान

MadhesKhabar

श्रीराम उत्सव अयोध्यामा, उल्लास वीरगन्जमा

MadhesKhabar

Leave a Comment