Madhes Khabar
राष्ट्रिय

देशभरमा कहाँ कति पर्‍यो पानी ?

वीरगन्ज,१९असाेज:काठमाडौंदेखि झापासम्म भीषण वर्षा भएको छ। अहिले काठमाडौं उपत्यकामा वर्षा केही मत्थर भएको छ। तर पूर्वतिर भने वर्षा जारी नै छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा रौतहटको महेशपुरमा ३५२ मिलिमिटर वर्षा भएको छ। गौरमा ३३४, गरूडामा ३०४.६ पर्साको मुडलीमा २९०.८, वीरगञ्जमा २८८, बाराको सिमरा विमानस्थलमा २२५.४, परवानीपुरमा २२१.६, निजगढमा २६१.४, सिन्धुलीको हरिहरपुरगढीमा २९५, मकवानपुरगढीमा २१०, पनौतीको खोपासीमा २१५.२, गोदावरी ललितपुरमा १७८.८, लेलेमा १८४.२, काठमाडौंको नैकापमा १४१.६, सुन्दरीजलमा १४४.६, सर्लाहीको मनुस्मारामा २३३.६, मलंगवामा २२९, जनकपुरमा १८९.९ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै, धनुषाको हर्दिनाथमा १८८.८, धनुषाको तुुलशीमा २४५.२, कमला नदी केन्द्रमा १५६.८, धनुषाको चिसापानी बजारमा १६५ मिलिमिटर वर्षा भएको छ।

धनकुटाको मछुवाघाट केन्द्रमा १८१, त्रिवेणीमा १९९, सुनसरीको सप्तकोशीमा २२६.८, चरतामा २१४.४ मिलिमिटर पानी परेको छ।

Related posts

मधेससँगै मुलुकभर चिसो बढेको भन्दै सतर्कता अपनाउन सरकारको आग्रह

MadhesKhabar

मस्जिदमा नमाज पढिरहेकै बेला आक्रमण, आठ जना घाइते

MadhesKhabar

उद्योगहरुमा काटिएकाे बिजुलीकाे लाइन जाेड्न प्राधिकरणलाई सरकारकाे निर्देशन

MadhesKhabar

Leave a Comment