Madhes Khabar
राजनीति

वीरगन्जमा ८० जना युवाहरु जनमत पार्टीमा प्रवेश

वीरगन्ज,११असोजःवीरगन्जमा शनिबार जनमत पार्टीले आयोजना गरेको कार्यक्रममा ८० जना युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत युवा दस्ता पर्साद्वारा आयोजित कार्यक्रममा वीरगन्जको विभिन्न वडाका ८० जना युवाहश्ररु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

उक्त कार्यक्रममै वडा नम्बर ८ र १५ मा जनमत युवा दस्ताको वडास्तरीय समितिपनि गठन गरिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

उनका अनुसार, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साहको अध्यक्षतामा भएको कार्यक्रममा सम्पन्न कार्यक्रममा वीरगन्जका विभिन्न वडाका प्रभावशाली युवाहरू गुलाम हवारी, अमन गुप्ता,आकाश कुमार कानू ,बिकी सर्राफ,सागर कुमार ठाकुर,रोशन पाण्डे,रोहन ठाकुर लगायतका युवाहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नव प्रवेशीहरुलाई जनमत पार्टीका कार्यकारिणी सदस्य तथा जिल्ला इन्चार्ज माधव सिह, जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, युवा जनमत संघका जिल्ला अध्यक्ष उदय यादवले गम्छा टीका लगाई पार्टीमा स्वागत गरेका थिए।कार्यक्रममा युवा जनमत संघ पर्साका उपाध्यक्ष धिरेन्द्र पन्जियार, कोषाध्यक्ष सिकेन्द्र राम,हिरालाल राम लगायतको पनि उपस्थित रहेको थियो।

कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष सर्राफले जनमत पार्टीको नौलो गणतन्त्रको एजेन्डा नै अहिलेको जेन्जी पुस्ताको एजेन्डा रहेको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख तथा दलिय सेन्डिकेट तोडेर प्रतिस्पर्धाको आधारमा संवैधानिक नियुक्तिहरु हुनु पर्ने र भ्रस्टाचार अन्त्य हुनु पर्न नौलो गणतन्त्रको मुल आधार भएको जिल्ला अध्यक्ष सर्राफले बताए । आम जनताको अवस्था परिवर्तनको लागी आम जनताको सोचमा बदलाव हुनु पर्ने र निर्वाचनको परिणाममा वदलाव हुनु पर्नेमा अध्यक्ष सरार्फले जोड दिए।

 

Related posts

सिके राउतले पार्टी कब्जा गर्न खाेजेकाे भन्दै जनमत पार्टीका केन्द्रीय नेताहरुले छाडे पार्टी

MadhesKhabar

मधेसमा ७ दलकाे धर्ना जारी: मुख्यमन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने अडान कायमै

MadhesKhabar

स्वतन्त्र उम्मेद्वार रुपेशमान प्रति मतदाताको समर्थन बढ्दै

MadhesKhabar

Leave a Comment