Madhes Khabar
स्थानिय हेडलाइन

चाडबाडमा यात्रुहरुको सहजताका लागि वीरगन्जका ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना

वीरगन्ज,६असोजःचाडबाडमा यात्रुहरुको सहजता र सुरक्षाका लागि वीरगन्जका विभिन्न ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जका विभिन्न ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको हो ।

दसैं, तिहार र छठ पर्व सुरु हुन लागेसँगै यात्रुहरूको चाप असामान्य रूपमा बढ्ने भएकाले यात्रुहरूको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न वीरगन्जको घण्टाघर चोक ,भन्सार क्षेत्र (शंकराचार्य गेट),नयाँबसपार्क चोक र परवानीपुर चोक गरी ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

यात्रुहरूको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै सोमबारदेखि पाँच स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको उनले बताए।

यात्रुको भीड बढी हुने समयमा यात्रु सहायता कक्षहरूले सूचना, दिशा–निर्देशन र आपतकालीन सहयोग प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्टले बताए।

ट्राफिक प्रहरी निरीक्षक भट्टका अनुसार ‘यात्रु सहायता कक्ष’मा खटाइएका प्रहरी र स्वयंसेवकहरूले यात्रुहरूलाई टिकट, गन्तव्य सम्बन्धी जानकारी,सवारी साधनकाो व्यवस्थापन र आपतकालीन अवस्थामा यात्रुलाई सहयोग गर्नेछन् ।उनले भने,‘चाडपर्वको समयमा यात्रुहरूको भीड अत्यधिक हुने भएकाले हामीले यो विशेष पहल गरेका हौं। यो सेवा निरन्तर सञ्चालन हुनेछ र यात्रुलाई सजिलो, सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न सहयोग पु¥याउनेछ।’

 

Related posts

वीरगन्जका मेयर सिंहकाे फेरि अर्काे एक्सन : नाला अतिक्रमण गरि बनाइएका भवन,घर,टहरा हटाउन निर्देशन

MadhesKhabar

विधार्थी संगठनहरुको विवादले ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा

MadhesKhabar

जग्गाकाे रोक्का र फुकुवा अब बैंकबाटै, मालपोत कार्यालय जान नपर्ने

MadhesKhabar

Leave a Comment