Madhes Khabar
राजनीति

राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ : राप्रपा अध्यक्ष लिङदेन

काठमाडौं,२असाेज:राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा आउने सम्भावना अत्यन्त प्रवल बनेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठक पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले यस्ताे बताएका हुने ।

उनले जेन-जी पुस्ताले गरेको आन्दोलन राजा ल्याउनका लागि नभइ भ्रष्टाचार र बेथितिका विरूद्ध भएको पनि बताए । आन्दोलनले नेपालमा दीर्घकालीन स्थायित्वका लागि, समृद्धि, श्रीवृद्धि र नेपाललाई वैदेशिक हस्तक्षेपबाट जोगाउनका लागि राजसंस्था आवश्यक रहेको पुष्टि भएको उनकाे भनाइ छ ।

चाँडै नेपाली जनताले महशुस गरेर राजनीतिक र नेपाली जनताले राजसंस्थालाई अभिभावकीय रूपमा पुनःस्थापित गर्नेमा आफू विश्वस्त रहेको उनकाे भनाई थियाे । सबै शक्तिहरूका बीचमा नयाँ समझदारी गरेर देश निर्माणमा लाग्नुपर्ने उनले बताए ।

यस्तै राप्रपाले सबै राजनीति शक्तिहरूबीच नयाँ समझदारी कायम गरेर अघि बढ्न प्रस्ताव गरेको छ । पार्टीकाे केन्द्रिय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो ।

अध्यक्ष लिङदेनले देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी कायम हुनुपर्ने माग राखे। उनले देशमा यति ठूलो समस्या हुँदा संसद्ले समाधान गर्न नसक्नुले नै संसद् असफल भएको पुष्टि हुने जिकिर गरे।

संसद् पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु रहेको उनले बताए । अहिलेको जेन-जी विद्रोहले ल्याएको सबैभन्दा ठूलो परिवर्तन पुस्तान्तरण भएको उनकाे भनाइ छ ।

राप्रपाले अन्तरिम सरकारले लिने निर्णय र चाल्ने कदमका आधारमा शतर्कतापूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जाने बताएको छ । राप्रपाले भ्रष्टाचारी र जेन-जी आन्दोलनका नरसंहारकर्तालाई कारबाही हुनुपर्ने माग गरेको छ । सरकार मात्रै परिवर्तन गरेर जेन-जीको बलिदान सफल र पूर्ण नहुने समेत राप्रपाले स्पष्ट पारेको छ ।

Related posts

एमाले नेता बस्नेत भन्छन् : नागको रुप धारण गरेर उपेन्द्र बारामा चुनाव लड्न आएका छन्

MadhesKhabar

जनमत पार्टी फेरि सरकारमा सामेल, मन्त्री अनिता देवीले लिइन् शपथ

MadhesKhabar

मतदातालाई प्रभावित पार्न छठको बहानामा काँग्रेसले साडी बाँडदै

MadhesKhabar

Leave a Comment