Madhes Khabar
स्थानिय हेडलाइन

बारामा एउटै गाउँका ३ जनाको शंकास्पद मृत्यु

सिमरा,३१भदौंः बाराको सुवर्ण गाउँपालिका –३ पतगछियाका तीन जनाको सोमबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ४५ वर्षीय गोपाल यादव,३० वर्षीय रविशंकर यादव र ४० वर्षीय अजमुल मियाँ रहेका छन् ।

गोपालको स्थानीय अस्पतालमा र अन्य दुईको भारतको मोतिहारीस्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनीहरूको मृत्युको कारण खुल्न सकेको छैन ।

स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार तीन जनाले भदौ २९ गते एकै ठाउँमा बसेर मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेको भोलिपल्ट तीनैजना बिरामी परेको र उपचारका लागि अस्पताल गएको स्थानीयले प्रहरीलाई जानकारी गराएका छन् ।

स्थानीयका अनुसार बिरामीमध्ये गोपाल गाउँकै अस्पताल र अन्य दुई भारत मोतिहारीस्थित अस्पतालमा उपचारका लागि गएका थिए । उपचारका क्रममा केही घण्टाको फरकमा तीनैजनाको मृत्यु भएको हो । तीनै जनाको मृत्यु भएपछि विषाक्त मदिरा वा खाना सेवन गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

मृतकको शव दाहसंस्कार गरिसकिएको छ। गोपाल र रविशंकरको पतगछिया र अजमुलको भारतमै दाहसंस्कार गरिएको हो । दाहसंस्कारपछि मात्रै घटनाको बारेमा प्रहरीलाई जानकारी गराएपछि अनुसन्धान जटिल बनेको छ । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी टोली खटाएको छ ।साभारःअन्नपूर्णपोष्ट

Related posts

भारतीय पक्षले गण्डक नहरमा पानी नदिदाँ पर्सा–बारामा रोपाईं प्रभावित

MadhesKhabar

वीरगञ्ज महानगरको आमसञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिमा १३ सदस्य मनोनीत

MadhesKhabar

वीरगन्ज शहरमा ट्राफिक व्यवस्थापनका लागि ५ स्थानमा पार्किङ स्थल निर्धारण

MadhesKhabar

Leave a Comment