Madhes Khabar
खेलकुद

साफ यू१७ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात,श्रीलंकामाथि सहज जित

काठमाडौं,३०भदाैं : साफ यू१७ च्याम्पियनसिपमा नेपालले घरेलु टोली श्रीलंकालाई पराजित गरेको छ।

 

श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स इन्टरनेसनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई २-० गोलले पराजित गरेको हो।

 

समूह एमा रहेको नेपालको प्रतियोगितामा यो पहिलो खेल थियो। जसमा नेपालका समीर कुमारले २ गोल गर्दै नेपाललाई जित सुनिश्चित गरेका हुन्।

खेलको २९ औं मिनेटमा श्रीलंका १० खेलाडीमा सीमित भयो। पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा दोस्रो हाफमा नेपालका तर्फबाट समिर कुमारले २ गोल गर्दै नेपालको जित पक्का गरे।

खेलको ५२ औँ मिनेटमा पेनाल्टी बक्स बाहिरको बायाँ कर्नरबाट प्रतिस थापा मगरले दिएको क्रसमा समिर कुमारले दायाँ तर्फको बक्स भित्रबाट हेडरमार्फत गोल गरे।

थप गरिएको समयमा समीर कुमारले व्यक्तिगत दोस्रो र नेपालका लागि पनि दोस्रो गोल गरे। उनले दुईजना डिफेन्डर र गोलकिपरलाई बिट गर्दै इन्जुरी समयमा गोल गरेका हुन्।

यस प्रतियोगितामा साफका ७ वटा देशले सहभागिता जनाएका छन्। समूह ‘ए’मा श्रीलंका, बंगलादेश र नेपाल रहेका छन् भने समूह ‘बी’मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन्।

Related posts

एसिया कप : भारत र पाकिस्तान बिचको भिडन्त आज

MadhesKhabar

खेलकुद प्रतियोगिता आयाेजना गर्ने खेलकुद पत्रकार महासंघ पर्साकाे निर्णय

MadhesKhabar

खेलकुद पत्रकार मञ्च बाराको अध्यक्षमा पुन सुनील गाउँले सर्वसम्मत

MadhesKhabar

Leave a Comment