Madhes Khabar
स्वास्थ्य

पर्साको सेढवामा आयोजित निःशुल्क आँखा शिविरबाट ४ सय ९५ जना लाभान्वित

वीरगन्ज,१८भदौंःपर्साको जीराभवानी गाँउपालिका वडा नम्बर २ सेढवामा बुधबार आयोजित निःशुल्क आँखा जाँच शिविरबाट ४ सय ९५ जना लाभान्वित भएका छन् ।

सेढवा बीर्तास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रांगणमा वीरगञ्ज सामुदायिक आँखा केन्द्रको सहयोगमा असमान नेपालले आयोजना गरेको शिविरमा ४ सय ९५ जनाको आँखा परीक्षण गरिएको हो । विद्यालयका विद्यार्थी र उनिहरुका अभिभावककलाई लक्षित गरी आयोजित आँखा परीक्षण शिविर वीरगञ्ज सामुदायिक आँखा केन्द्रका आँखा रोग विशेषज्ञ डा. प्रभात चौरसियाले आँखाको परीक्षण गरेका थिए ।

शिविरमा आँखा परीक्षण गराएका मध्ये १६ जना मोतियाबिन्दुका बिरामी फेला परेको डा. चौरसियाले जानकारी दिए ।उनिहरुको आँखाको निःशुल्क शल्यक्रिया गरी लेन्स प्रत्यारोपण गरिने विद्यालयका प्रधानाध्यापक खेमराज चौधरीले बताए ।

Related posts

ठाेरीकाे रामनगरमा भालुको आक्रमणमा परि श्रीमान् श्रीमती घाइते

MadhesKhabar

हैजाकाे संक्रमण देखिएको डेढ महिनापछि वीरगन्जसहित पर्साका सबै पालिकामा खाेप अभियान सञ्चालन गरिदैं

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रममा स्वास्थ्य कार्यालय पर्साले सहयोगमा दियो ४१ प्रकारका औषधि

MadhesKhabar

Leave a Comment