वीरगन्ज,१८भदौंःपर्साको जीराभवानी गाँउपालिका वडा नम्बर २ सेढवामा बुधबार आयोजित निःशुल्क आँखा जाँच शिविरबाट ४ सय ९५ जना लाभान्वित भएका छन् ।
सेढवा बीर्तास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रांगणमा वीरगञ्ज सामुदायिक आँखा केन्द्रको सहयोगमा असमान नेपालले आयोजना गरेको शिविरमा ४ सय ९५ जनाको आँखा परीक्षण गरिएको हो । विद्यालयका विद्यार्थी र उनिहरुका अभिभावककलाई लक्षित गरी आयोजित आँखा परीक्षण शिविर वीरगञ्ज सामुदायिक आँखा केन्द्रका आँखा रोग विशेषज्ञ डा. प्रभात चौरसियाले आँखाको परीक्षण गरेका थिए ।
शिविरमा आँखा परीक्षण गराएका मध्ये १६ जना मोतियाबिन्दुका बिरामी फेला परेको डा. चौरसियाले जानकारी दिए ।उनिहरुको आँखाको निःशुल्क शल्यक्रिया गरी लेन्स प्रत्यारोपण गरिने विद्यालयका प्रधानाध्यापक खेमराज चौधरीले बताए ।

