Madhes Khabar
स्थानिय हेडलाइन

‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ बाट पत्रकार क्रान्ति शाह पुरस्कृत

वीरगन्ज,१भदौंःस्व.सुबोध स्मृति पत्रकारीता पुरस्कार वीरगन्जका पत्रकार क्रान्ति शाहलाई प्रदान गरिएको छ ।वीरगन्जका फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले स्थापना गरेको ५१ हजार रुपैयाँ राशीको पुरस्कार मधेस खबरका अध्यक्ष तथा अन्नपूर्णपोष्टका पर्सा संवाददाता शाहलाई प्रदान गरिएको हो ।

आइतबार आयोजित प्रतीक दैनिक पत्रिकाको ३९ औं वार्षिकोत्सव समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पत्रकार शाहलाई प्रमाणत्रसहित उक्त पुरस्कार प्रदान गरे ।

प्रतीक प्रकाशन समुहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष एक जना सकृय पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।गत साउन १७ गते बसेको बसेको प्रतीक प्रकाशन समुहको बैठकले यसवर्षको स्व. सुबोध स्मृति पत्रकारीता पुरस्कार शाहलाई दिने निर्णय गरेको थियो ।

यस्तै प्रतीक प्रकाशन समुहको वार्षिकोत्सव समारोहमा प्रतीक दैनिकको उत्कृष्ट संवाददाताका रुपमा प्रमोद यादवलाई पनि नगद १५ हजार रुपैयाँसहित सम्मानित गरिएको छ ।यादव, मधेस खबरका पनि पर्सा जिल्ला संवाददाता हुन् ।

यस्तै उत्कृष्ट स्तम्भकारका रुपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष समेत रहेका ओमप्रकाश खनाललाई नगद १० हजार र स्व. चीरञ्जीवी कोइराला नव प्रतिभा पुरस्कारबाट युवा पत्रकार सूर्यनारायण विकलाई नगद १५ हजार रुपैयाँसहित सम्मानित गरिएको छ ।विकलाई प्रदान गरिएको स्व. चिरञ्जीवी कोइराला नव प्रतिभा पुरस्कार यस वर्षदेखि सुरु गरिएको हो ।उक्त पुरस्कार स्व.चिरञ्जीवी कोइरालाकी श्रीमती सुमित्रा कोइराला र उनका तीन सन्तान जेठा छोरा राजेन्द्र प्रसाद कोइराला, कान्छा छोरा देवेन्द्र कोइराला र छोरी दीपा कोइरालाले आफ्ना पिताको स्मृतिमा स्थापना गरेका हुन् ।

 

कार्यक्रममा प्रतीक दैनिकका कर्मचारी श्यामजी प्रसाद गुप्तालाईपनि नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको प्रतीक दैनिकका उपसम्पादक आरके पटेलले जानकारी दिए । यस्तै स्तम्भाकर अनन्तलाल दासलाई पनि दोशल्ला ओढाएर सम्मानित गरिएको थियो ।

प्रतीक प्रकाशन समुहकी अध्यक्ष विन्दु शर्माको अध्यक्षता तथा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतीक दैनीकका प्रधान सम्पादक जगदीश शर्मा, स्व. सुबोध सिंहका दाजु सुदर्शन सिंह, मधेस विश्वविद्यालयका उपकूलपति प्रा. डा. दीपक शाक्य, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम,पर्सा बार एशोसियसनका अध्यक्ष रामनारायण कुर्मी,राजेन्द्र कोइराला ,श्याम पोख्रेल लगायतकाकोपनि उपस्थिती थियो ।

Related posts

देशमा सुशासन स्थापना गर्न जसपा-एमाले गठबन्धनको जित आवश्यक : प्रदीप यादव

MadhesKhabar

पराल बिक्री गर्न पाउँदा पर्साका किसानहरु खुशी

MadhesKhabar

बारामा फेरि हत्या गरिएको अवस्थामा एक महिलाकाे शव भेटियाे

MadhesKhabar

Leave a Comment