Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

पर्साको भाठा धाममा रहेको मन्दिरको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

वीरगन्ज,२२ साउनःपर्साको पटेर्वा सुगौली गाउँपालिका–१ मा पर्ने रामभौरी भाठा धाममा रहेको दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण कार्य झण्डै डेढ दशकदेखि अधुरो रहेको छ । बजेट अभाव र प्रक्रियागत झन्झटका कारण धर्मशालाको निर्माण कार्य १५ वर्षदेखि अधुरो अवस्थामा रहेको छ ।

दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्ष्विकास समिति र स्थानीयले विगत १५ वर्षदेखि चन्दा संकलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन । दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले धर्मशालामा एक हजार बढी भक्तजन बस्न मिल्ने भएपनि आधारभूत पूर्वाधार तयार भइनसकेको बताए ।

सोनवर्षा र छिमेकका गाँउँले डेढ दशकपहिले आँफैमा चन्दा संकलन र श्रमदान गरेर भाठा धाममा भक्तजनहरुका लागि दुई तल्ले धर्मशाला निर्माणको काम थालेपनि निकुञ्जको अवरोधका कारण अधुरो र अलपत्र परेको अध्यक्ष थारु बताउँछन् । उनि भन्छन्,‘हामी गाँउले आँफैले चन्दा उठाएर र श्रमदान गरेर धर्मशाला बनाउने काम सुरु गर्यौ । तर निकुञ्ज प्रशासनले निकुञ्जभित्र पक्की संरचना बनाउन पाइदैन भनेर बीचमै काम रोकि दियो । त्यसका लागि हामीले जिल्लाबाट मन्त्री ,सांसद भएका सबै नेतालाई पटक पटक गुहार्यौ तर कुनै सुनुवाई नै भएन।’

चन्दा संकलन र जनश्रमदानबाट धर्मशालामा डेढ करोड रुपैयाँ भन्दा बढीकै काम भइसकेको अवस्थामा निकुञ्जले काम रोकिदिएको उनि बताउँछन् । भाठा मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल पटेल भन्छन्,‘कमसे कम यो धर्मशााला बन्यो भने भक्तजननहरुलाई पानी परेका बेला ओत लाग्ने ठाँउ हुन्थ्यो । राति आरामसंग सुत्न मिल्थ्यो । हामी आँफैले बनाउछौं भन्दापनि बनाउन दिइएको छैन।’

उनका अनुसार, दुई तला ढलान भएको धर्मशालाका लागि आवश्यक झ्याल, ढोका, शौचालय, प्लाष्टरलगायतका संरचना बन्न सकेको छैन ।राष्ट्रिय निकुञ्जभित्र भएकाले अत्यावश्यक संरचना निर्माण गर्न विभिन्न प्रक्रियागत झन्झटले थप समस्या हुने गरेको थारूले बताए ।

‘धर्मशाला निर्माणमा सरकारी निकायबाट सहयोग पाएका छैनौँ’, मेला व्यवस्थापन समितिका अध्यक्ष पटेलले भने, ‘पर्सामा केही समयअघिसम्म संघीय र प्रदेशका पाँच जना मन्त्री भए पनि यहाँको चर्चित धार्मिकस्थलको लागि आवश्यक बजेट प्राप्त भएको छैन ।’ अध्यक्ष पटेलले धर्मशाला निर्माण सम्पन्न गर्न अझै करिब दुई करोड रुपैयाँ लाग्ने बताए ।

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलभित्र चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर छ । मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ । यहाँ आउने दशनार्थीमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत स्वदेशी हुने गर्छन् ।राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका ७ देखि बिहान ६ बजेसम्म मन्दिर जाने सडक बन्द गरिन्छ ।

Related posts

प्रधानमन्त्री ओलीसंगै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालपनि चीन प्रस्थान

MadhesKhabar

हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि राप्रपाले सुरु गर्‍यो आर्थिक संकलन अभियान

MadhesKhabar

पर्सामा जसपाले उम्मेदवारको टुंगो लगायो,पर्सा-१ बाट पूर्वमन्त्री यादवको एकल नाम सिफारिस

MadhesKhabar

Leave a Comment