Madhes Khabar
राजनीति

राजपा पर्साका अध्यक्ष पटेलसहितका नेता जनमत पार्टीमा प्रवेश

वीरगन्ज,१९साउनः तत्कालिन (राष्ट्रिय जनता पार्टी) राजपाका पर्सा जिल्ला अध्यक्ष तथा मधेस आन्दोलनका सकृय नेता जगदीश पटेलसहितका व्याक्तिहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टीमा पटेलसंगै नेकपा एमाले निकटको उद्योग तथा व्यवसायी महासंघका पर्सा जिल्ला अध्यक्ष भुपेन्द्र साह,पर्साकै युवा व्यवसायी जटाशंकर पटेलपनि प्रवेश गरेका हुन्।

काठमाडौंको नयाँ बानेश्वरस्थित जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यालयमा सोमबार जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले उनिहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा प्रवेश गराएका हुन्।

त्यसअवसरमा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ  लगायतका नेताहरुकोपनि विशेष उपस्थिती रहेको थियो ।

Related posts

पर्सा–४ मा यसपालि फेरि कांग्रेसको जित सुनिश्चित छ : रमेश रिजाल

MadhesKhabar

माओवादीमा प्रवेश गर्ने प्रभु साहको तयारी, मन्त्री बनाउनुपर्ने शर्त

MadhesKhabar

जनताको अधिकार र समृद्धिको दिशामा जसपा प्रतिबद्ध : खानेपानी मन्त्री यादव

MadhesKhabar

Leave a Comment