Madhes Khabar
धर्म/संस्कृति

आज नागपञ्चमी पर्व मनाइँदै, हिन्दुकाे चाडपर्व सुरु

वीरगन्ज,१३साउन: नागपञ्चमी पर्व आज (मंगलबार)परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।

नागपञ्चमीका दिन नागको पूजा गरी नागको फाेटाे घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने धार्मिक विश्वास रहिआएकाे छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास गरिन्छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागकाे फाेटाेलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

आजको दिन घरमा नागकाे फाेटाे टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

आजका दिन नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने गरिन्छ ।

वैज्ञानिकरुपमा प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रीत बसालेको धार्मिक विश्वास छ ।

नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

Related posts

विन्दवासिनीमाई मन्दिरमा स्थानीय युवाहरुले गरे सरसफाई

MadhesKhabar

विराटनगरमा रामनवमीकाे र्यालीमा अवराेध भएपछि झडप,प्रहरीले गर्‍यो हवाई फायर

MadhesKhabar

ईद मनाउन भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment