Madhes Khabar
अर्थतन्‍त्र

ओभरलोड गाडी रोक्न यातायात व्यवसायीहरूको माग

बारा,१२साउनःयातायात व्यवसायीहरूले ओभरलोड सवारीसाधन रोक्न माग गरेका छन् । आइतबार नेपाल ट्रक यातायात व्यवसायी महासंघको टोलीले प्रहरी महानिरीक्षक दिपक थापालाई ओभरलोड गाडी रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । महासंघका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रहरी महानिरीक्ष थापालाई भेटेर सवारीको भारवहनसम्बन्धी निर्देशिका २०७४ प्रभावकारी रूपमा नेपाल प्रहरीले सातै प्रदेशमा लागु गराउन माग गरेको छ ।

‘हामीले सवारीको भारवहन निर्देशिका २०७४ अन्तर्गत कारबाही अघि बढाई पुल, सडक र दुर्घटना रोक्न माग गरेका छौं, महानिरीक्षक सकारात्मक हुनुभयो’ अध्यक्ष श्रेष्ठले भने,‘प्रहरी प्रमुख थापाले सातै प्रदेशमा प्रहरीलाई चाढै परिपत्र गरी प्रभावकारी निर्देशन गर्ने हामीलाई भन्नुभएको छ, प्रहरी कारबाही तत्काल अगाडि बढ्नेमा हामी विश्वस्त छौं ।’

निर्देशिकामा ओभरलोड गाडी सञ्चालनमा भइरहेका मालवाहकलाई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीले जहाँसुकै तोकिएभन्दा बढी तौलको मालसमान झारेर भार मिलानपछि मात्रै बाँकी सामान लैजान दिन मिल्ने प्रावधान रहेको छ । बढी भाडाको लोभमा ओभरलोड बोकी हिड्ने नेपाली तथा भारतीय सवारीलाई ट्राफिक प्रहरीले गर्ने कारबाही कमजोर बनेपछि देशभर ओभरलोड गाडीको विक्रृती बढेको भन्दै व्यवसायीले प्रहरी प्रमुख थापालाई जानकारी गराएका हुन् ।

केही समयअघि यातायात व्यवसायीहरूले गृहमन्त्री रमेश लेखकलाई पनि भेटेर सवारी तथा यातायातसम्बन्धी ऐन, नियम र निर्देशिकाको प्रभावकारी कार्यान्वयन नहुँदा नेपाली तथा भारतीय मालवाहक ओभरलोड प्रवृत्ति बढेकोले सडक पुलले धान्न नसक्दा भौतिक क्षती र मानवीय दुर्घटना भइरहेको जानकारी गराइसकेको महासंघका महासचिव राजेन्द्र विक्रम बानियाले बताए ।साभारःकारोबार

 

Related posts

वीरगन्ज नाकाबाट ट्यांकरमै पेट्रोलको तस्करी

MadhesKhabar

अन्डाको मूल्य फेरि बढ्यो, अब क्रेटको कति ?

MadhesKhabar

महशुल नतिर्ने बाराका उद्योगहरुकाे विद्युत लाइन काटिएपछि मजदुरहरु प्रदर्शनमा

MadhesKhabar

Leave a Comment